सरकारले १३ देशको राजदूतका लागि सिफारिस गर्याे, पूर्वप्रधानसेनापति पनि
काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि राजदूतहरुको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकासहित १३ देशका राजदूत नियुक्ति लागि सिफारिस गरेको हो।
सरकारले भारतका लागि निश्चलनाथ पाण्डे, अमेरिकाका लागि चिरनजंग थापा र चीनका लागि कल्याणराज शर्मालाई सिफारिस गरेको हो।
परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका अब्बल व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको जानकारी दिए। सिफारिस गरिएका प्रस्तावित राजदूतहरूलाई संसदीय सुनुवाइका लागि पठाइने छ। संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ। अग्रिमा आएपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्नेछन्।
प्रस्तावित राजदूतहरू
१. डा. निश्चलनाथ पाण्डे, भारत
२. डा. कल्याणराज शर्मा, चीन
३. चिरनजंग थापा, संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, बेलायत
५. जिग्यान कुमार थापा, जापान
६. सुरेशकुमार कर्ण, इजरायल
७. प्राप्ति शेरचन, स्पेन
८. शारू जोशी, जर्मनी
९. डा. पद्माक्षी राणा, ओमान
१०. चूडामणि खरेल, मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ, दक्षिण कोरिया
१२. डा. मंचल झा, श्रीलंका
१३. गिरीबहादुर सुनार, साउदी अरेबिया







प्रतिकृया दिनुहोस