• २०८३ असोज ३ शनिबार
  • Saturday, 19 September, 2026

ह्यारी केनको सय गोल 

एजेन्सी । ह्यारी केनको दुई गोलको मदतले बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शुक्रबार युनियन बर्लिनलाई सजिलै ७–० ले हराएको छ । यसत्रममा उनी बुंडेसलिगामा सबैभन्दा चाँडै सय गोल पूरा गर्ने खेलाडी पनि बनेका छन् ।

लिगमा आफ्नो ९८ औं खेल खेल्नेक्रममा उनले १ सय १ औं गोल पूरा गरे । एलिनाज एरेनामा भएको खेलमा बायर्नका लागि माइकल ओलिसले ह्याट्रिक पनि गरे ।

यस्तै जमल मुसिएला र इस्माल साइबरीले पनि गोल गरे । यो जितपछि डिफेन्डिङ च्याम्पियनले लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । उसको चार खेलबाट १० अंक भएको छ ।

बर्लिन भने एकै अंकमा मात्र सीमित छ र १६ औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर