• २०८३ असोज १० शनिबार
  • Saturday, 26 September, 2026

बलियो अफगानिस्तानविरुद्ध नेपालको सहज जित

काठमाडौं । टेष्ट मान्यता प्राप्त बलियो अफगानिस्तानविरुद्ध नेपालले सहज जित निकालेको छ ।

एसियन खेलकुद प्रतियोगितामा जापानमा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ वकिटले हराएको हो ।

नेपालको जितका लागि अफगानिस्तानले दिएको १ सय ३ रनको लक्ष नेपालले ५ विकेट गुमाएर १६ बल बाँकी छँदै भेट्टाएको हो । नेपालका लागि सन्दपी जोराले सर्वाधिक ३४, रोहित पौडेलले नट आउट ३३ रनको योगदान दिएका थिए । 

त्यसअघि जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएकाे थियाे।

अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले समान ३० रन बनाउँदा नान्गेलिया खान १७ रन जाडे। यी बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ ओभरमा १ मेडन सहित मात्र २१ रन दिएर ४ विकेट लिए। ललितले ४ ओभरमा १३ रन दिएर ३ विकेट हात पारेका थिए।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर