मधेशमा नयाँ ‘हुंकार मधेश' अभियान शुरु
काठमाडौं । विभिन्न राजनीतिक दल छाेडेका मधेशका युवा नेताहरूले हुँकार मधेश अभियान थालनी गरेका छन् । यस अभियानकाे सहजकर्ता र प्रवक्तासमेत ताेकिएकाे छ।
अभियानको बैठकले संविधानसभा सदस्य राजकुमार शर्मालाई अभियानको सहजकर्ता तोकेको केशव झाले बताए।
'अभियानको सहजकर्ता र राजनीतिकर्मी तथा युवा नेता केशव कुमार ( केशव झा) लाई प्रवक्ता चयन गरेको छ। छिटै हामीले विभागीय प्रमुखहरु चयन गर्नेछौं। समाचार बनाई सहयोग गरिदिन हार्दिक आग्रह गर्दछु। यो विभिन्न पार्टीका युवाहरु दोश्रो तेस्रो पुस्ताका युवा नेताहरु मिलेर वैकल्पिक राजनीतिक शक्ति बनाउने अभियान हो। सय दिने झापा देखि कंचनपुरसम्मको यात्रा छिटै संचालन गरिनेछ', उभनले भने।
बैठकले झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ। बैठकले चाँडै अभियानका पदमा नेताहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।
मधेशमा वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्देश्यले सुरु भएको अभियानले सय दिने झापादेखि कञ्चनपुरसम्मको अभियान चलाउने निर्णय पनि गरेको छ।
अभियानले हालै १८८ सदस्यीय केन्द्रीय अभियन्ताको नाम सार्वजनिक गरेको थियो।






प्रतिकृया दिनुहोस