• २०८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026

चार जिल्लाका सिडिओ फेरिए, गृहका सय कर्मचारीकाे एकै पटक सरुवा

काठमाडाैं । गृह मन्त्रालयले पाँच सहसचिव र तीन उपसचिवको सरुवा गरेको छ। सरुवामा चार जिल्लाका सिडिओ फेरिएका छन्। 

जसअनुसार रामेछापका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवर गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएकी छन्।

प्युठानका प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईँलाई सिरहाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।

त्यस्तै, गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव मोतीराम सापकोटालाई गुल्मीको प्रमुख जिल्ला अधिकारी तथा तुलसीबहादुर श्रेष्ठलाई डोटीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।

यसैगरी कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

उपसचिवतर्फ डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरेको छ भने गृह मन्त्रालय वा अन्तर्गत कार्यरत भक्तिराम मरासिनीलाई अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।

अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

गृहले जिल्ला प्रशासन, कारागार र अध्यागमन कार्यालयमा कार्यरत एक सय कर्मचारीको एकैपटक सरुवा गरेको छ।

असोज १२ गते गरिएको सरुवामा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारी छन्। सरुवा हुनेमध्ये अधिकांशलाई एउटै जिल्लाभित्रका अर्को कार्यालयमा खटाइएको छ।

सरुवा विवरणअनुसार जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय र अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरू हेरफेर भएका छन्।

मन्त्रालयले सरुवा भएका कर्मचारीहरूको साविकको कार्यालय र नयाँ जिम्मेवारीसहितको विवरण सार्वजनिक गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर