• २०८३ असोज १८ आइतबार
  • Sunday, 4 October, 2026

प्रधानमन्त्री बालेनको सचिवालयमा २५ जना,मन्त्री र राज्यमन्त्रीको सुविधा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको सचिवालयमा २५ जना कर्मचारी तथा सल्लाहकार नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सचिवालयमा नियुक्तमध्ये केहीले मन्त्री र राज्यमन्त्रीसरहको सेवासुविधा पाउने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ती कर्मचारीको विवरण सार्वजनिक गरेको हो। जसअनुसार सचिवालयमा नियुक्त तीनजनालाई मन्त्रीसरह र दुईजनालाई राज्यमन्त्रीसरहको सेवासुविधा तोकिएको छ।

अवैतानिक मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र प्रा।डा। जगदिशप्रसाद अग्रवालले मन्त्रीसरहको सुविधा पाउनेछन्।

त्यस्तै नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्रीसरहको सुविधा पाउनेछन्।

प्रधानमन्त्रीको सचिवालयमा उच्च तहका सरकारी कर्मचारीसरहको सुविधा पाउनेको संख्या पनि उल्लेख्य छ। प्रमुख स्वकीय सचिव सुवाष शर्माले राजपत्रांकित विशिष्ट श्रेणीसरहको सुविधा पाउनेछन् भने पाँचजनाले सहसचिवसरहको सुविधा पाउनेछन्।

सहसचिवसरह सुविधा पाउनेमा स्वकीय सचिव नवीन भण्डारी, स्वकीय सहसचिव संजीव पाण्डे, स्वकीय सहसचिव दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी र विज्ञ विश्व राई रहेका छन्।

त्यसैगरी पाँचजनाले उपसचिवसरह र चारजनाले शाखा अधिकृतसरहको सेवासुविधा पाउनेछन्। उपसचिवसरह सुविधा पाउनेमा प्रकृति ढकाल, विशाल अधिकारी, सुमन गौतम, रवि किरण अधिकारी र विनय शाक्य छन्।

सुरेन्द्र बजगाई, रोशन तामाङ, बेदानन्द जोशी र हेम नारायणदास चौधरीले शाखा अधिकृतसरहको सुविधा पाउनेछन्।

सचिवालयमा नियुक्त अन्य पाँचजनाले भने राजपत्र अनंकित प्रथम श्रेणीसरहको सेवासुविधा पाउनेछन्। उनीहरूमा अनुप थापा मगर, ऋषी थापा, अमृत पाण्डे, राजकुमार गौतम र बेनिस कार्की छन्।

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणले बालेन शाहको सचिवालयमा मन्त्रीसरहदेखि राजपत्र अनंकित प्रथम श्रेणीसम्मका विभिन्न तहअनुसार सेवासुविधा पाउने गरी २५ जना जनशक्ति व्यवस्थापन गरिएको देखाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर