दाउन्नेमा बस पल्टिँदा ४ जनाकाे मृत्यु
वलपरासी । १७ यात्रु सवार बस ब्रेक फेल भएर पल्टिँदा दाउन्नेमा ४ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौं हिँडेको बस आज बिहान पौने ४ बजे महेन्द्रराजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर नालामा पल्टिँदा १ महिला र ३ पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते ११ जनालाई उद्धार गरेर कावासोतीस्थित मध्यबिन्दु अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अहिले बिहान सवा ६ बजेसम्म मृतकको विवरण खुल्न सकेको छैन ।







प्रतिकृया दिनुहोस