• २०८३ असोज १९ सोमबार
  • Monday, 5 October, 2026

भारतले ब्राजिलसंग ४ गाेल मात्रै खायाे

काठमाडौँ । स्यामुएल लिनाको दुई गोलको मद्दतले ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार भारतमाथि सजिलै ४–० को जित निकालेको छ ।

कोलकाताको साल्ट लेक स्टेडियममा भएको खेलमा ब्राजिलले प्रत्येक हाफमा दुई दुई गोल गरेको थियो र कुनै पनि समय दबाबमा खेल्नु परेन ।

खेलको २८ औं मिनेटमा विलियनको गोलमा ब्राजिलले अग्रता लिएको थियो । पहिलो हाफको ४२ औं मिनेटमा पेड्रोले दोस्रो गोल थपे । लिनोले ५८ औं मिनेटमा तेस्रो गोल गरे । लिनोले नै दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा चौथो गोल थपे ।

अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजिलबीच खेल भएको यो नै पहिलो पटक हो । कीर्तिमान पाँच पल्टको विश्व च्याम्पियन ब्राजिल प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा भारत आएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर