कांग्रेस महाधिवेशनमा केपी ओली नजाने
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट सुरु हुँदै छ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुँदै छ।
महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्। पार्टीको संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्ने भएकाले ओलीकाे सचिवालयले जानकारी दिएको छ।
आज दिउँसो १ बजे एमालेको संसदीय दलको बैठक बस्दै छ। ओली यसैमा सहभागी हुने बताइएकाे छ।
ओलीको साटो महाधिवेशनमा महासचिव शंकर पाेखरेल सहभागी हुने एमालेले बताएको छ।
ओली यसअघि रास्वपाकाे चितवनमा भएकाे महाधिवेशनमा पनि गएका थिएनन् ।
नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा सभापति रवि लामिछाने भने कांग्रेसकाे महाधिवेशनमा सहभागि हुने बताइएकाे छ।







प्रतिकृया दिनुहोस