• २०८३ असोज २१ बुधबार
  • Wednesday, 7 October, 2026

खतिवडा सहमहामन्त्री पदका उम्मेदवार

काठमाडाैं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

१५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम छ। खतिवडाले आफू सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताए। 

कांग्रेसमा निर्वाचनबाट विभिन्न कलस्टरबाट ११ जना सहमहामन्त्री आउने व्यवस्था छ।खतिवडाले खुला सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।

उनी पूर्वसांसद र राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति पनि हुन्। उनी २०४८ सालदेखि महाधिवेशन प्रतिनिधि छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर