मधेसी खुल्ला केन्द्रीय सदस्यमा झापाली नेता सत्यनारायणको उम्मेदवारी 

काठमाडौं। नेपाली काङ्ग्रेसको जारी १५ औं महाधिवेशनमा झापाली नेता सत्यनारायण चौधरीले मधेसी खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। 

झापा क्षेत्र नं. ५ वाट महाधिवेशन प्रतिनिधि चुनिएका चौधरीले 'हिमाल, पहाड, तराई, कोही छैन पराई' भन्ने नारा सहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सफल ब्यवसायी समेत रहेका चौधरी सामाजिक र राजनीतिक क्रियाकलापमा सक्रिय छन्। चौधरी यसअघि पनि काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि थिए।

नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत  मंगलबार नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि ७ हजार १ सय १४ प्रतिनिधि सहभागी हुँदैछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर