युवा नेता प्रविण लाल दासद्वारा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन दर्ता
काठमाडाैं। सिरहाका युवा नेता प्रविण दासले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा आज मनोनयन दर्ता गरेका छन्। उनले ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट मधेश प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिए।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका दासले त्रिचन्द्र कलेजको ने.वि. संघ इकाइ उपाध्यक्ष हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। विद्यार्थी जीवनदेखि नै विभिन्न लोकतान्त्रिक आन्दोलन तथा राजनीतिक संघर्षमा सक्रिय रहँदै आएका दास लामो समयदेखि संगठन निर्माण र युवालाई राजनीतिमा जोड्ने अभियानमा समेत सक्रिय थिए।
आध्यात्मिक चेतना र राजनीतिक सक्रियतालाई सँगसँगै अघि बढाउँदै आएका दास युवामाझ परिचित छन्। नयाँ पुस्ताको सहभागिता, युवाको आवाज र संगठनलाई थप गतिशील बनाउने विषयलाई प्राथमिकतामा राख्दै आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
त्रिचन्द्र कलेजबाट सुरु भएको विद्यार्थी राजनीतिको यात्रा, संघर्ष र संगठनात्मक अनुभवलाई अब मधेश प्रदेशका ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व गर्दै कांग्रेसको केन्द्रीय तहसम्म पुर्याउने उद्देश्यसहित दासले आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
मनोनयन दर्तासँगै प्रविण दासको राजनीतिक यात्राले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा नयाँ चरण प्रवेश गरेको छ।







प्रतिकृया दिनुहोस