काठमाडाैंमा चोरीका ५० दुई पाङ्ग्रे धनीलाई फिर्ता

काठमाडाैं। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भइ फेला परेका ५० वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  

सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले असोज महिनामा फेला परेका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरे।

ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सुचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट  उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सडकमा पार्किङ गर्दा अलिकति खुला ठाउँमा वा धेरैले देख्ने ठाउँमा पार्किङ गर्न अनुरोध गरे।

दसैँ तथा तिहारको विशेष अवसरमा सम्पूर्ण सवारी साधन प्रयोगकर्ताहरूलाई मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन आग्रह गर्दै उनले जथाभाबी पार्किङ गरेर वा अस्तव्यस्त रूपमा सवारी साधन नछोड्न सुझाव दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर