• २०८३ कार्तिक ४ मंगलबार
  • Tuesday, 20 October, 2026

ओडीआई मान्यता जोगाउन नेपाल सफल, ओमानले खायो हार

काठमाडौं । नेपालले आज ओमानविरुद्धको खेलमा १० रनको महत्वपूणै जित निकाल्दै ओडीआई मान्यता कायम गरेका छ । 

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा १० रनको जित निकालेको हाे।

ओमानमा सोमबार भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन बनायो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। अल अमेरात क्रिकेट मैदानको मिनिस्ट्री टर्फ-१ मा भएको खेलमा नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८० रन बनाए। उनले ८१ बलको सामना गरेका थिए।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा ओमानका ब्याटरले राम्रो प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। ओमानका जतिन्दर सिंहले ११४ बलमा ८९ रन बनाए भने हम्माद मिर्जाले ९७ बलमा ८७ रन जोडे। उनीहरूको प्रदर्शनका बाबजुद ओमान लक्ष्यभन्दा १० रनले पछि रह्यो।
नेपालका लागि ललित राजबंशी र दीपेन्द्रसिंहले समान २–२ तथा सन्दीप र नन्दनले एक एक विकेट लिएका थिए।

लिग टु खराब नजिता ल्याएको नेपाललाई शीर्ष ६ मा रहँदै एकदिवसीय क्रिकेट (ओडिआई) को मान्यता कायम राख्नका लागि पनि खेल जित्नै पर्ने बाध्यता थियाे ।

३६ खेलमा १४ जिते निकालेको नेपाल ३० अंकसहित छैटौं स्थानमा उक्लिएकाे छ ।  

त्रिकोणात्मक सिरिजमा नेपालले यसअघि ओमान र क्यानडालाई हराएको थियो। अर्को  खेलमा क्यानडासँग पराजित भएको थियो।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर