• २०८३ कार्तिक ६ बिहीबार
  • Thursday, 22 October, 2026

काठमाडाैंमा हुने भयाे विश्वकप छनोट प्लेअफ

काठमाडौं । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा आयोजना हुनेछ ।

प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’का शीर्ष स्थान हासिल गर्ने दुई–दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर