• २०८३ कार्तिक ११ मंगलबार
  • Tuesday, 27 October, 2026

लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं। लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्ति खारेज गर्नुपर्ने माग राख्दै लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाउ संयुक्त संघर्ष समिति, तामाङ नागरिक समाज , गुम्बा विहार संरक्षण संघ र राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले लुम्बिनी क्षेत्रका समुदाय र समुदायगत नेतृत्व अवसर पाएका नेपालका तामाङ समुदायबाट उपाध्यक्ष चयन हुनुपर्ने माग राखेका छन् ।

साथै उनीहरुले उपाध्यक्षमा नियुक्त हुनुभएका आनी छोइङ डोल्माको विषयमा विवाद रहेको, उनको नियुक्तिले तामाङ समुदायको भावनामा ठेस पुगेको र उनको नागरिकताबारे छानबिन हुनुपर्ने जनाएका छन् ।

प्रदर्शनकारीहरुले लुम्विनीको जिम्मेवारीमा पारदर्शीता कायम गर, पैसा र पावरको भरमा बुद्धभूमि शरणार्थीसंग सम्झौता नगरियोस, बुद्धभूमिको गरिमा कायम गर लगाएत देखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर