श्रीमती रास्वपामा लागेपछि नेकपालाई बाइबाइ गरेर श्रीमान पनि उतै 

जनकपुरधाम । नेपाली राजनीतिमा यस्ता केही उदाहरण छन् जहाँ श्रीमान र श्रीमती फरक दलमा सक्रीय छन् । तर कतिपय यस्ता घटना छन् जहाँ श्रीमान वा श्रीमतीका कारण पार्टी नै छाेड्नुपरेकाे अवस्था । यस्तै भएकाे छ कपिलवस्तुमा । 

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य काशीराम यादवले श्रीमतीका कारण पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिए । उनले २०८३ साल कात्तिक ८ गते पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।

जनयुद्धकालदेखि नै परिवर्तन, समानता र जनताको अधिकारका लागि संघर्ष गर्दै पार्टीमा विभिन्न जिम्मेवारी निर्वाह गरेका यादव, प्रदेश सहसचिव हुँदै केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेका थिए।

उनकी धर्मपत्नी सुषमा यादवले नेपाली कम्युनिस्ट पार्टीबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि आफूले पनि नैतिकताका आधारमा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरेको यादवले बताएका छन्।

पत्नी एउटा राजनीतिक दलमा र आफू अर्को दलमा रहेर काम गर्दा जनतामाझ विभिन्न आशंका, अन्योल र असहजता उत्पन्न हुन सक्ने परिस्थितिलाई गम्भीरतापूर्वक लिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

राजनीति पद र प्रतिष्ठाको विषय मात्र नभई जनताको विश्वास, नैतिकता र जिम्मेवारीसँग जोडिएको विषय भएको उल्लेख गर्दै यादवले जनताबीच स्वच्छ छवि कायम राख्दै निष्पक्ष रूपमा सामाजिक तथा राजनीतिक जीवनमा अघि बढ्न राजीनामा दिएको बताएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर