खुल्याे एन्फाकाे ताला
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को ललितपुरस्थित सातदोबाटोमा रहेको केन्द्रीय कार्यालयको ताला चार महिनापछि खोलिएको छ।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले बुधबार कार्यालयको ताला खोलेका हुन्। कार्यालय खुलेपछि खड्काकै नेतृत्वमा सदस्यहरूबीच छलफल भएको थियो।
छलफलमा वरिष्ठ उपाध्यक्ष खड्कासहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री र मनिष जोशीलगायत सहभागी थिए।
छलफलले आगामी कात्तिक १३ गते कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छलफलमा सहभागी एक सदस्यले नेपालखबरलाई जानकारी दिए।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई विधानअनुसार कार्यसमिति बैठक बोलाउन लिखित माग गरे पनि बैठक नबोलाइएपछि आफूहरूले कार्यालयको ताला खोलेर बैठक बोलाउने निर्णय गरेको उनीहरूको भनाइ छ।
कात्तिक १३ गते बस्ने भनिएको बैठकबाट आवश्यक निर्णय गरी एसियाली फुटबल महासंघ (एएफसी) र विश्व फुटबल महासंघ (फिफा) लाई पत्राचार गर्ने तयारीसमेत उनीहरूले गरेका छन्।
यसैबीच, एन्फा अध्यक्ष नेम्वाङसहितका पदाधिकारीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खेलसम्बन्धी ठगीको कसुरमा मुद्दा चलाएको छ। यस प्रकरणले नेपाली फुटबलको नेतृत्वमा देखिएको विवादलाई थप पेचिलो बनाएको छ।काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को ललितपुरस्थित सातदोबाटोमा रहेको केन्द्रीय कार्यालयको ताला चार महिनापछि खोलिएको छ।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले बुधबार कार्यालयको ताला खोलेका हुन्। कार्यालय खुलेपछि खड्काकै नेतृत्वमा सदस्यहरूबीच छलफल भएको थियो।
छलफलमा वरिष्ठ उपाध्यक्ष खड्कासहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री र मनिष जोशीलगायत सहभागी थिए।
छलफलले आगामी कात्तिक १३ गते कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छलफलमा सहभागी एक सदस्यले नेपालखबरलाई जानकारी दिए।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई विधानअनुसार कार्यसमिति बैठक बोलाउन लिखित माग गरे पनि बैठक नबोलाइएपछि आफूहरूले कार्यालयको ताला खोलेर बैठक बोलाउने निर्णय गरेको उनीहरूको भनाइ छ।
कात्तिक १३ गते बस्ने भनिएको बैठकबाट आवश्यक निर्णय गरी एसियाली फुटबल महासंघ (एएफसी) र विश्व फुटबल महासंघ (फिफा) लाई पत्राचार गर्ने तयारीसमेत उनीहरूले गरेका छन्।
यसैबीच, एन्फा अध्यक्ष नेम्वाङसहितका पदाधिकारीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खेलसम्बन्धी ठगीको कसुरमा मुद्दा चलाएको छ। यस प्रकरणले नेपाली फुटबलको नेतृत्वमा देखिएको विवादलाई थप पेचिलो बनाएको छ।







प्रतिकृया दिनुहोस