• २०८३ कार्तिक १६ सोमबार
  • Monday, 2 November, 2026

सभामुखकाे दबाबले काम गरेन, अस्वीकृत हुने भएपछि थापाले नाम फिर्ता लिए

काठमाडाैं ।  अन्तत जपानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले नाम फिर्ता लिएका छन् । उनकाे नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने पक्का भएपछि उनले नाम फिर्ता लिएका हुन् ।

सोमबार बसेको संसदीय सुनुवाइ समितिकै बैठकमा सभापति बोधनारायण श्रेष्ठले नाम फिर्ता लिनेबारे समिति बैठकमा जानकारी गराएका हुन् ।

उनकाअनुसार थापाले आफूविरुद्ध उठेको स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सम्बन्धी प्रश्नका कारण राजदूतका लागि दिएको नाम फिर्ता लिने समितिलाई जानकारी दिएका हुन् । सभापति श्रेष्ठले थापाको व्यक्तिगत तथा व्यावसायिक प्रोफाइल राम्रो भए पनि स्वार्थको द्वन्द्वको विषय उठेकाले उक्त निर्णय लिनुपरेको बताए । थापाले आफूलाई कानूनी रूपमा राजदूत बन्न रोकावट नहुने भए पनि व्यक्तिगत विषय जोडिएकाले नाम फिर्ता लिने निर्णय गरेको बताएको सभापति श्रेष्ठले समितिलाई जानकारी दिए । थापाको परिवार हाल जापानको स्थायी बासिन्दा रहेकोले समिति सदस्यहरुले प्रश्न उठाएका थिए । 

थापाकाे खातामा अहिले पनि जापान सरकारले छाेराेछाेरीका लागि दिएकाे रमक जाने गरेकाे छ ।

थापाले नाम फिर्ता लिनेबारे समितिमा निवेदन पत्र पठाएको समिति सदस्य कबिन्द्र बुर्लाकोटीले पनि बताएका छन् । यसअघि नै उनलाई समितिले फिर्ता गर्न खाेजेकाे थियाे । तर उनै बुर्लाकाेटी मार्फत सभामुख डीपी अर्यालले समिति सभापतिलाई दबाब दिएकाे एक समिति सदस्यले समाचार दैनिकलाई जानकारी दिए ।

त्यसपछि थापालाई राजदूत बनाएर नपठाउने समझदारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको शीर्ष तहमा भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर