• २०८३ कार्तिक २३ सोमबार
  • Monday, 9 November, 2026

एनपीएलमा आजः कर्णाली र पोखरा तथा चितवन र काठमाडाैंमा कसले जित्ला?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।

यस्तै आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज आमने-सामने हुनेछन् ।

सुरूवाती दुई खेल जितेको कर्णालीले पछिल्लो दुई खेलमा भने पराजय भोगेको छ। त्यसकारण उसका लागि आजको खेल अत्यन्त महत्त्वपूर्ण छ।

कर्णाली ४ खेलबाट २ अंक जोड्दै अहिले तालिकाको छैटौं स्थानमा छ।

पोखराको भने यो सिजन खराब प्रदर्शन रह्यो। उसले अहिलेसम्म ४ खेल खेलिसक्दा अहिलेसम्म जित निकाल्न सकेको छैन। पोखरा तालिकाको पुछारमा छ। काठमाडौं ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

पहिलो खेल हारेको उसले त्यसपछिका बाँकी तीनै खेलमा उत्कृष्ठ प्रदर्शन गर्दै जित निकालेको छ।

चितवन ४ खेलबाट ५ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर