• २०८३ कार्तिक २६ बिहीबार
  • Thursday, 12 November, 2026

सन्दीपकाे उत्कृष्ट प्रदर्शन, चाैंथाे स्थानमा उक्लियाे विराटनगर

काठमाडौं । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर किंग्ससँग ४ विकेटले पराजित भएपछि पोखराको प्लेअफ यात्रा समाप्त भएको हो ।


पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । विराटनगरका लागि अन्तिम समयमा ब्याटरहरूले संयमित प्रदर्शन गर्दै टोलीलाई जित दिलाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा १३२ रन बनाएको थियो ।
यो हारसँगै पोखराले ६ खेलबाट २ अंक मात्रै जोडेको छ । टोलीले यसअघि पाँच खेलमध्ये एकमा मात्रै जित निकालेको थियो । पछिल्लो समय कर्णाली याक्सलाई ६३ रनले हराउँदै लयमा फर्किएको पोखरा विराटनगरसँग भने पराजित भयो ।

पोखराको हारसँगै एनपीएलको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ । प्रतियोगितामा अब टोलीले एउटा खेल खेल्न बाँकी छ । पोखराले अन्तिम खेलमा काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि पोखरा जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, चितवन राइनोज र अन्य खेलमा पराजित भएको थियो ।

आजकाे खेलमा बिराटनगरलाई जिताउन कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले ह्याट्रिकसहित ६ विकेट लिएपछि पाेखरा सस्तैमा समेटिएकाे थियाे । पाेखराका ओपनर युवराज साम्राले बनाएकाे ८४ रन खेर गएकाे छ । आजकाे जितसँगै बिराटनगर अंकतालिकामा चाैंथाे स्थानमा उक्लिएकाे छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर