गोरखाको ठाडो भर्याङमा सुक्खा पहिरो खस्यो
गोरखा । धार्चे गाउँपालिका–१ ठाडो भर्याङमा सुक्खा पहिरो खसेको छ । केही बेरअघि गुन्द्रुङ पाखाबाट ढुंगासहितको ढिस्को खसेको जगतका स्थानीयले बताए । पहिरोले क्षति भने गरेकाे देखिएकाे छैन । अहिले पहिरो रोकिएको छ । यारुबगरको क्यान्टिलिभर पुल नजिकैबाट पहिरो खसेको थियाे ।
ठूलो आवाजसहित पहिरो खसेको स्थानीय कृष्ण गुरुङ बताउँछन् । ‘म मोटरसाइकल चलाउँछु, ठिक वारी थिएँ, पारी ठूलो आवाज आयो, के भयो भनेर हेरेको धुलो बेस्सरी उडिरहेको छ,’ उनले भने, ‘पहिरो दुईपटक आयो, पारी बस्ती थिएन, अरू क्षति भने हुन पाएन ।’
पहिरोपछि केही बेर धुलोले डाँडै ढाकेको उनले बताए । शुक्रबार रातिदेखि नै ढुंगाहरू खस्न सुरु गरेको र बिहानपख ठूलो पहिरो खसेको बताए ।







प्रतिकृया दिनुहोस