मुगु जिप दुर्घटनामा रारा घुम्न गएका तीन जनाको मृत्यु

काठमाडाै‌। मुगुमा भएको जिप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते छन् ।

दुर्घटनामा परी  काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको मुगुका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले जानकारी दिए।

गम्भीर अवस्थाका तीनै जनालाई जिल्ला अस्पताल मुगु पुर्‍याउनासाथ चेकजाँचपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा परी जिप ललितपुर महानगरपालिका–१५ का  ५८ वर्षीय जिप चालक कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अन्जु थापा घाइते छन्।

उनीहरु श्रीमान– श्रीमति हुन्। दुबै जनाको जिल्ला अस्पताल मुगुमा उपचार भइ रहेको छ। 

सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप आइतबार साँझ पौने ५ बजेतिर छायानाथ रारा नगरपालिकाको – ७ टोप्लाथित रारा कच्ची सडकबाट करिब ६ सय मिटर मुनी खसेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट मुगुको रारा तालको अवलोकनका लागि गएका उनीहरु राराताल पुग्न जम्मा ४ किलोमिटर जति वरै दुर्घटनामा परे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर