मेसीविनाको दोस्रो खेलमा चम्कियो अर्जेन्टिना, हान्यो ७ गोल
काठमाडौं । विश्व फुटबलमा दोस्रो नम्बरमा रहेको अर्जेन्टिनाले आफ्ना सदावहार स्टार लियोनल मेसीविनाको दोस्रो खेलमा सुधार गरेको छ ।
पहिलो मैत्रीपूर्ण खेलमा उरुग्वेसँग २–१ गोलले पराजित भएको अर्जेन्टिना आज विहान आइभरीकोष्टको पोष्टमा भने ७ गोल हान्न सफल भयो ।
७–० गोलले जित भएको एक पक्षीय खेलमा अर्जेन्टिनाका लागि युवा स्टार निको पाजले २, जुलियन अल्भारेजले २, मास्नान्टुनो २ तथा म्याक आलेष्टरले एक गोल गरे ।
खेल आफ्नो नियन्त्रणमा राखेको अर्जेन्टिनाले यो जितसँगै लयमा फर्किएको सन्देश दिएको छ ।
उता उरुग्वेले पनि आफ्नो मैत्रीपूर्ण खेलमा डोमिनिकन रिपव्लीकलाई ५–० गोलले हराएको छ ।







प्रतिकृया दिनुहोस