• २०८३ मङ्सिर ३ बिहीबार
  • Thursday, 19 November, 2026

ओली लक्षित पोखरेलको टिप्पणीः एक जना बिराउन सबै पिराउने अवस्था अन्त्य हुनुपर्छ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी भित्र सुधार र पुनर्संरचनाको प्रशंग अघि सारेका छन् । 

पार्टीमा बैचारिक पुनर्गठन र नीतिगत अध्यावधिक गर्नुपर्ने उनले बताए । अहिले पार्टीमा एक जनाले काम बिराउन तर सिंगो पार्टीले मार खानुपर्ने अवस्था गरेको उल्लेख गर्दै उनले यो अवस्थाको अन्त्य हुनुपर्ने बताए । 

एमालेको आजदेखि काठमाडौंमा सुरु भएको भेलामा सम्बोधन गर्दै उनले केन्द्रमा देखिएका समस्याको मार स्थानीय पार्टी हुनुपर्ने अवस्था समेत हुन नहुनेमा जोड दिए । 

चुनावका बेला जनताकाे मनाेविज्ञान बुझ्न नसक्दा ९ सिटमा खुम्चनु परेकाे उल्लेख गर्दै उनले यसलाई नबदल्ने हाे भने फेरि पनि पार्टीकाे पक्षमा जनमत नआउने उनले बताए । 

कार्यकर्ताले उम्मेदवार छान्ने र जिताएर देखाउने पद्धती विकास गर्नुपर्नेमा उनले जाेड दिए ।

हिजो महाधिवेशनका क्रममा भएको आन्तरिक ध्रुविकरणबाट मुक्त हुन पनि महासचिव पोखरेलले अनुरोध गरे । स्थानीय चुनावमा जितका लागि एकतावद्द हुन उनले आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर