सुनको मूल्य आज थप ओरालाे, कति पुग्याे ?

काठमाडौँ । पाँच दिनमा तोलामा साढे २३ हजार रुपैयाँ घटेको सुनको भाउ आज थप घटेको छ। 

सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ घटेर २ लाख ५७ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   

हिजो सुनको भाउ तोलाको २ लाख ६० हजार ९ सय थियो। 

गत कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ त्यसयता २६ हजार ७ सय रुपैयाँ घटिसकेको छ। 

गत कात्तिक १७ गते सुनको भाउ तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको थियो भने २९ गते १ हजार ५ सय, ३० गते १ हजार १ सय, मंसिर १ गते १ हजार ९ सय  र २ गते ६ हजार ३ सय रुपैयाँ घटेको थियो। 

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेर ३ हजार ३ सय ३५ रुपैयाँमा झरेको छ। 

गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर