कांग्रेस केन्द्रीय समिति बैठक ८ मंसिरमा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
कांग्रेस कन्द्रीय कार्यालयका कार्वाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टीको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गतेका लागि बोलाइएको हो।
बैठक आगामी मंगलबार दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ।
तर विज्ञप्तिमा बैठकका एजेन्डा उल्लेख छैनन्।






प्रतिकृया दिनुहोस