झुर ब्याटिङकाे सिकारः नेपाल समूह चरणबाट बाहिरियो
काठमाडौं । निराशाजनक ब्याटिङ प्रदर्शन गरेपछि नेपाल आज पाकिस्तान `ए´ सँग ९६ रनले पराजित हुँदै एसिया कप राइजिङ स्टारको समूह चरणबाट बाहिरिएको छ।
जितको लागि १ सय ६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा अल आउट भएपछि ७२ रनमा समेटियो। बलिङ राम्रो गरेको नेपालले ब्याटिङमा अत्यन्तै खराब प्रदर्शन गर्यो।
१५ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको थियो। नेपालका ६ खेलाडीले ० रन र दुई खेलाडीले जम्मा एक एक रन हाे । कुशल भुर्तेल १ रनमा, देव खनाल ८ रनमा, इशान पाण्डे र लोकेश बम डक आउट भए।
अघिल्लाे भारतविरुद्धकाे खेलमा ब्याटिङ झन झुर थियाे ।
पाकिस्तानविरुद्ध यो स्थितिपछि पनि नेपाली ब्याटरहरू सम्हालिन सकेनन्। कुनै समय साझेदारी बन्न सकेन। ओपनर मयान यादवले सबैभन्दा बढी ४१ रन बनाए।
बसिर अहमदले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन्। बलिङमा पाकिस्तान `ए´ मोहम्मद होसनेन र सुफ्यान मोकिनले समान ३ विकेट लिए।
त्यसअघि टस जितेर पाकिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। पाकिस्तानले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रन बनायो।
पाकिस्तानको टप अर्डरलाई निरिह बनाउँदै रसिद खानले पहिलो क्रमका तीन ब्याटरलाई आउट गरे। स्यामिल हुसेन ६ रनमा माज सदाकद १३ रनमा र हैदर अली १५ रनमा रसिदको बलमा पबिलियन फर्किए। यतिखेर पाकिस्तानले ३६ रन बनाएको थियो।
यसपछि कप्तान अबमदुल समाद १३ रनमा रन आउट भए। लगतै फरान युसुफ सन्दीप लामिछानेको बलमा र मोहम्मद इमरान अभिशेष गौतमको बलमा आउट भए।
दुवै जना डक आउट हुँदा ६६ रनको स्थितिमा पाकिस्तानले १६.५ ओभरमा छैटौं विकेट गुमाइसकेको थियो। हुसेन नवाज २८ रनमा सातौं विकेटको रूपमा पनिलियन फर्किए।
यसपछि रोहेल नाजिर र अहमद दानियालले आठौं विकेटको लागि ७० रनको साझेदारी गरे। अर्धशतक बनाएका रोहेलले अविजित ६४ रनमा रहे। अहमदले १६ रन बनाए।
बलिङमा नेपालका रसिदले ८ ओभरमा ३९ रन दिएर ५ विकेट लिए। लिस्ट 'ए' मा डेब्यु गरेका अभिशेषले २ तथा सन्दीप र कुशल भुर्तेल समान १/१ विकेट झारे।
समूह `बी´ बाट पाकिस्तान `ए´ विजेता र भारत `ए´ उप विजेताका रुपमा सेमिफाइनलमा पुगेका छन् । अर्को समूहबाट बंगलादेश `ए´ र श्रीलंका `ए´ सेमिफाइनल पुगेका छन् ।
नेपालले दोस्रो खेलमा यूएईलाई ६ हराएको थियो।






प्रतिकृया दिनुहोस