आज अलिकति बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो प्रतितोला दुई लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३ हजार १९५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर