• सोमबार १-९-२०७६/Monday 04-22-2019/ 12:04 am

चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ दिइयो (फोटोफिचर)

जनकपुरधाम । मिथिलाञ्चलमा आज चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिएको छ । गत मंगलबारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिएको हो । भोली बिहानै उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्वको समापन हुनेछ । 

कार्तिक महिनामा मनाईने छठ पर्व जतिको संख्यामा श्रद्धालु भक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या पनि बढ्दै गईरहेको छ । चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाईने गरिन्छ ।

पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु पोखरीमा प्रवेश गरि षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् । अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने परम्परा रहेको छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गहना खोज्ने जात्रा : हरेक वर्ष खोजिन्छ तर कहिल्यै भेटिदैन ! (फोटोफिचर)

  • ७ बैशाख, २०७६

काठमाडौं । काठमाडौंमा कहिले के को जात्रा त कहिले के को जात्रा ? प्रायजसो विभिन्न समूदायका विभिन्न जात्रा तथा मेलाहरु काठमाडैं लगायत उपत्यकामा

पैदल यात्रामा जलजला : मनै लोभ्याउने प्रकृतिको सुन्दरता (फोटोफिचर)

  • ७ बैशाख, २०७६

रोल्पा । जलजला । प्रायः मान्छेहरुले सुनेको नाम हो । धेरैको मनस्पटलमा ‘जलजला’ शब्द सुन्नेबित्तिकै ‘माओवादी जनयुद्ध’ को १० वर्षको याद सुटुक्क

स्याङजाको भीरकोटस्थित गडहरे गुफा अवलोकन गर्नेको संख्या बढ्दै (फोटो फिचर)

  • ४ बैशाख, २०७६

पोखरा । स्याङजाको भीरकोट नगरपालिका वडानं ९ स्थित गडहरे गुफामा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । गुफाको एकैदिन पाँच सय जना भन्दा बढिले अबलोकन