• मंगलबार ३-१०-२०७६/Tuesday 06-25-2019/ 07:47 pm

पाल्पा बंशगोपाल कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवको रौनक

पाल्पा । पाल्पाको बाँसटारीमा पाल्पा बंशगोपाल कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवमा उत्साहपूर्ण रुपमा संचालन भएको छ ।

मेलाको आठौ दिनसम्म आउदा आयोजकले सोचेको भन्दा धेरै दर्शकहरुले अवलोकन गरेको र कारोबारमा वृद्दि भएको आयोजकले जनाएको छ । विगतका वर्षहरुमा पाल्पाको तानसेनमा मात्र महोत्सव हुने भएपनि यस वर्ष सदरमुकाम वाहिर मेला लागेको हो ।

स्थानीय युवा क्लवले  ‘नयाँ वर्ष नयाँ सोच, युवाहरुका लागि छ, प्रगतीको श्रोत’ भन्ने नाराका साथ मेलाको सुरुवात गरेको हो । महोत्सवमा कृषि सामाग्रीको प्रदशनी, पाल्पालाई चिनाउने पाल्पाली ढाका, कुटिल उद्योग बाल उद्यान साथै हस्तकलाबाट निर्माण भएका साथै पर्यटकीय स्थलको फोटो प्रदर्शनी र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका सामग्रीका सामाग्री पर्दशनीमा राखिएको छ ।

दुई सय बढी स्टलहरू रहेको महोत्सवमा खुल्ला भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुती समेत रहेको मूल आयोजक समितिका संयोजक प्रदिप खनालले जानकारी दिए । पाल्पा, स्याङजा, गुल्मी, रुपन्देही, अर्घाखाँची लगायतका जिल्लाहरूबाट दर्शकले दैनिक रुपमा मेलाको अवलोकन गर्दे आएका छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

छात्राहरुका लागि आत्मरक्षाको तालिम

  • १० असार, २०७६

जनकपुरधाम । बलात्कार तथा महिला हिंसाका घटनाहरु दिन दिनै बढ्न थालेपछि प्रदेश दुई सरकारले प्रदेशभरी विद्यालय जाने किशोरीहरुलाई आत्मरक्षा तालिम दिन

जनकल्याण युवा क्लबद्वारा संचालित एम्बुलेन्स सेवाको औपचारिक शुभारम्भ

  • ८ असार, २०७६

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा रहेको श्री जनकल्याण युवा क्लबद्धारा संचालित एम्बुलेन्स सेवाको औपचारिक शुभारम्भ गरिएको छ ।

लागुऔषध प्रयोग हुने प्रकारका औषधि जथाभावी नबेच्न सुझाव

  • ७ असार, २०७६

ताप्लेजुङ । निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले सल्लाह दिएको