पाल्पा बंशगोपाल कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवको रौनक
पाल्पा । पाल्पाको बाँसटारीमा पाल्पा बंशगोपाल कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवमा उत्साहपूर्ण रुपमा संचालन भएको छ ।
मेलाको आठौ दिनसम्म आउदा आयोजकले सोचेको भन्दा धेरै दर्शकहरुले अवलोकन गरेको र कारोबारमा वृद्दि भएको आयोजकले जनाएको छ । विगतका वर्षहरुमा पाल्पाको तानसेनमा मात्र महोत्सव हुने भएपनि यस वर्ष सदरमुकाम वाहिर मेला लागेको हो ।
स्थानीय युवा क्लवले ‘नयाँ वर्ष नयाँ सोच, युवाहरुका लागि छ, प्रगतीको श्रोत’ भन्ने नाराका साथ मेलाको सुरुवात गरेको हो । महोत्सवमा कृषि सामाग्रीको प्रदशनी, पाल्पालाई चिनाउने पाल्पाली ढाका, कुटिल उद्योग बाल उद्यान साथै हस्तकलाबाट निर्माण भएका साथै पर्यटकीय स्थलको फोटो प्रदर्शनी र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका सामग्रीका सामाग्री पर्दशनीमा राखिएको छ ।
दुई सय बढी स्टलहरू रहेको महोत्सवमा खुल्ला भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुती समेत रहेको मूल आयोजक समितिका संयोजक प्रदिप खनालले जानकारी दिए । पाल्पा, स्याङजा, गुल्मी, रुपन्देही, अर्घाखाँची लगायतका जिल्लाहरूबाट दर्शकले दैनिक रुपमा मेलाको अवलोकन गर्दे आएका छन ।
प्रतिकृया दिनुहोस