• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पीएसजीले उपाधिका लागि लिग वान म्याच खेल्ने 

एजेन्सी । फ्रान्सेली लिग वानमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन पीएसजी दोस्रो स्थानको लिलीसँग पराजित भएको छ । 

आइतबार राति भएको खेलमा पीएसजी दोस्रो स्थानका लिलीसंग ५–१ गोल अन्तरले पराजित भएको हो । पराजित भएसँगै पीएसजीले उपाधिका लागि अझै कम्तीमा केही दिन पर्खनु पर्ने भएको छ । सातौ मिनेटमा थोमस म्युनिरको आत्मघाति गोलबाट लिलीले खेलमा अग्रता लिएको थियो ।

जुवान वर्नाटले ११ औ मिनेटमा पीएसजीका लागि बराबरी गोल फर्काए । उनै वर्नाट ३६ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा सिमित बनेको थियो । निकोलास पेपेले ५१ औ मिनेटमा गोल गर्दै घरेलु टोली लिलीलाई अग्रता दिलाएका थिए ।

जोनाथन बाम्बाले ६५ औ मिनेटमा लिलीको अग्रतालाई ३–१ को स्थितीमा पु¥याएका थिए । डिफेन्डर ग्योबरियलले ७१ औ मिनेट र जोसे फन्टीले ८४ औ मिनेटमा गोल गर्दै लिलीलाई फराकिलो अन्तरको जित दिलाए ।

एक हिसावले आईतबारको रात पीएसजीका लागि सुखद रहेन । केलियन एम्बाप्पेका दुई गोलले अफसाईडको मान्यता पाएका थिए भने कप्तान थिएगो सिल्भा र म्युनिरले चोट बोकेका थिए । शीर्ष स्थानको पीएसजीको ३१ खेलबाट ८१ अंक छ । दोस्रो स्थानको लिलीको ६४ अंक छ ।

पीएसजीले उपाधिका लागि आगामी बुधबार लिग वानको म्याच खेल्नेछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर