• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

आठौँ राष्ट्रिय खेलकूद : खेलस्थलमा खेलाडीको उपचार

नेपालगञ्ज । आठांँ राष्ट्रिय खेलकूद प्रतियोगितामा खेलाडीलाई खेलस्थलमा प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिँदै आइरहेको छ । प्रतियोगितास्थलमा नै प्रतियोगिता हेरेर स्वास्थ्य सेवा प्रदान गरिएको प्रदेश नं– ५ का प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिए ।

नेपालगञ्जमा भइरहेका ११ खेलस्थलमा नै प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । प्रतियोगितका लागि महेन्द्र रङ्गशालामा चिकित्सकसहितको स्वास्थ्य शिविर राखिएको छ । उनका अनुसार नेपालगञ्ज जस्तो गर्मी ठाउँमा खेलाडी अस्वस्थ नहुन् भन्नाका लागि बिहान र बेलुका खेल खेलाइएको छ । 

उनले अहिलेसम्म गर्मीका कारण कुनै खेलाडी अस्वस्थ नभएको बताए । प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइक्लिङ, आर्चरी, फेन्सिङ, पौडी, एथलेटिक्स र पुरुष क्रिकेटका खेल हुँदैछन ।  
 
खेलको अवस्था हेरेर  चिकित्सकदेखि स्वास्थ्य सहायकसम्मको टोली खटाइएको स्वास्थ्य उपसमितिका सचिव तिलक नेपालीले जानकारी दिए । उनले खेलस्थलमा प्राथमिक उपचार सम्भव नभएमा थप उपचारका लागि भेरी अञ्चल अस्पतालमा तीन चिकित्सकको नेतृत्वमा अलग्गै टोली समेत रहेको छ । 

‘अहिलेसम्म खेलकूदमा खेलाडीलाई यस्तो ठूलो उपचार गर्नुपरेको छैन’ उनले भने, ‘खेलको प्रकृतिअनुसार अलिअलि खेलाडीलाई चोटपटक लाग्ने गरेको छ । ति चोटपटकलाई खेलस्थलमा भएका टोलीले उपचार गरिरहेका छन ।’ उनका अनुसार खेल अवधिभर करीब १५  चिकित्सक, ४५ स्वास्थ्य सहायक, स्टार्फ नर्स र अहेव, ५० स्वमयसेवक र पाँच फिजियोथेरापिस्ट खेलाडीको स्वास्थ्य उपचारमा खटिएका छन । अहिलेसम्म ७० जनाले स्वास्थ्य शिविरमा उपचार गराइसकेका छन । तर खेलाडीले सामान्य खालका उच्चरक्तचाप, कब्जियतका औषधिमात्र प्रयोग गर्ने गरेको स्वास्थ्य उपसमितिका सचिव नेपालीले जानकारी गराए ।

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद ९राखेप०को स्वास्थ्य टोलीमा तीन चिकित्सक आएका छन भने आवश्यकतानुसार नेपालगञ्जमा अन्य चिकित्सकको व्यवस्था गरिएको छ । प्रतियोगितामा खेलाडीलाई चोटपटक लागेमा वा शरीरको कुनै भाग दुखेमा फिजियोथेरापी टोलीसमेत खटाइएको छ । पाँच जनाको टोलीले महेन्द्र रङ्गशालामा खेलाडीलाई दैनिक फिजियोथेरापी गराउने गरेको स्वास्थ्य उपसमितिका सचिव नेपालीले जानकारी गराए । 

प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र गैरनेपाली आवासिय सङ्घ (एनआरएनए) गरी ११ टोलीका करीब पाँच हजार खेलाडी सहभागी छन । नेपालगञ्जसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडौँ, ललितपुर र पोखरामा भइरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर