• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

युनिग्लोबमा अब कानुनको पढाई

काठमाडौं । कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ११मा ऐच्छिक कानुन विषयको पठनपाठन सुरु गर्ने भएको छ । उक्त विषयमा प्रकाश पार्ने उद्देश्यले विद्यालयपरिसरमा एक कार्यक्रम आयोजना गरी विधिवत् शुभारम्भको घोषणा गरियो । 

विद्यालयका प्रधानाध्यापक डा. करण सिंह ठगुन्नाले आजको देशको आवश्यकता र युवाहरूको रुचिलाई ध्यानमा राखी कानुन विषयको अध्यापन सुरु गर्न लागिएको जानकारी दिए । 

उक्त कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय कानुन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. लक्ष्मीप्रसाद मैनालीले हाल देशमा कानुन सम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको हुँदा कानुन विषयको पठनपाठनको ठूलो आवश्यकता छ भन्दै युनिग्लोबले यस विषयको पठनपाठन सुरु गर्न लागेकोमा खुसी प्रकट गरे । यसका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न आफू तत्पर रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर