• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जीप दुर्घटनामा एक जनाको मृत्यु

बझाङ । खप्तड छान्ना गाउँपालिका– ४ बाट जयपृथ्वी नगरपालिका सुवेडातर्फ जन्ती लिएर आउँदै गरेको से१ज ७१८ नंको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । 

खप्तड छान्ना गाउँपालिका– २ को बाँसपाटामा भएको  दुर्घटनामा परी खप्तड छान्ना गाउँपालिका– ४ का ६० वर्षीय वासुदेव जोशीको मृत्यु भएको स्थानीयवासी केशवराज जोशीले जानकारी दिए । दुर्घटनामा परी चालकसहित सात जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । नेटाकाँटीयाबाट चैनपुरतर्फ जन्ती बोकेर आउँदै गरेको जीप दुर्घटनामहा परेको हो । जीप सडकबाट भीरमा खसेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर