• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आइतबार भएका खेलहरुको नतिजा

चार सय मिटर दौडमा नीर र तुलसी पहिलो

आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको ४ सय मिटर दौडको पुरुषमा एपीएफका नीरप्रताप महतो र महिलामा आर्मीकी तुलसी खत्री आइतबार पहिलो भएका छन् ।

निर्धारित दूरी तय गर्न नीरले ४९.४ सेकेन्ड तथा तुलसीले १ मिनेट समय लगाए । पुरुषमा एपीएफका शिवराज पार्की दोश्रो तथा प्रदेश १ का प्रकाश दनुवार तेश्रो भए । महिलामा आर्मीकी संगीता मेचे दोश्रो तथा प्रदेश ५ की अरुणा रिजाल तेश्रो बने ।

पुरुष ५ हजार मिटर दौडमा एपीएफका गोपीचन्द्र पार्की पहिलो भए । उनले १४ मिनेट ४४.३ सेकेन्डमा दौड पूरा गरे । प्रदेश ६ का दुर्गा बुढा दोश्रो तथा प्रदेश ४ का अनिश थापा तेश्रो भए । सो स्पर्धाको महिलामा प्रदेश ३ की सन्तोषी श्रेष्ठ निर्धारित दूरी १६ मिनेट ३८.६ सेकेन्डमा तय गर्दै पहिलो बनिन् । आर्मीकी विश्वरुपा बुढा दोश्रो तथा एपीएफकी विन्द्रा धान्के श्रेष्ठ तेश्रो भए ।

पुरुष १ सय १० मिटर हर्डल्समा आर्मीका नीरकुमार चौधरी पहिलो भए । उनले १५.६ सेकेन्ड समय लगाए । प्रहरीका चन्द्रदेव जोशी दोश्रो तथा आर्मीका अशोक कुँवर तेश्रो भए । महिला १ सय मिटर हर्डल्समा प्रदेश ५ की प्रमिला थारुले स्वर्ण जितिन् । प्रमिलो १६.३ सेकेन्डमा निर्धारित दूरी सिध्याइन् । प्रदेश ५ की जयरानी चौधरीले रजत तथा आर्मीकी तुलसा श्रेष्ठले कांस्य जिते ।

पुरुष ४ गुणा ४ सय मिटर रिलेमा एपीएफ पहिलो, आर्मी दोश्रो र प्रदेश ५ तेश्रो भए । उक्त स्पर्धाको महिलामा आर्मी पहिलो, एपीएफ दोश्रो र प्रदेश ५ तेश्रो भए ।

पुरुष ट्रिपल जम्पमा प्रदेश ५ का भुवन महतो पहिलो भए । उनले १४.०६ मिटर हाम्फाले । आर्मीका डिल्ली खत्री दोश्रो र आर्मीका आशिष चौधरी तेश्रो भए । सो स्पर्धाको महिलामा ११.४ मिटर हाम्फालेकी एपीएफकी शिला चौधरी पहिलो भइन् । प्रदेश ५ का पूजा चौधरी र सीमा चौधरी क्रमशः दोश्रो र तेश्रो भए ।

 

आर्चरी : अशिम  ज्ञानुलाई स्वर्ण

आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेका छन् ।

नेपालगन्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे । आर्मीका रोशन नगरकोटी तेश्रो भए ।

महिलाको उपाधि भिडन्तमा ज्ञानुले आर्मीकै मित्रा राईलाई ७–१ ले हराउदै च्याम्पियन बनिन् । कास्कीकी केशरी आले मगर तेश्रो भइन् ।

पुरुष ३० मिटर स्ट्यान्डर्ड टिममा आर्मीले बेस्ट आर्चरी क्लबलाई फाइनलमा ६–० ले पाखा लगाउदै पहिलो भयो । थसाङ स्पोर्ट्स क्लब, काठमाडौं तेश्रो स्थानमा रह्यो । सो स्पर्धाको महिला फाइनलमा अन्नपूर्ण आर्चरी क्लबले कञ्चनपुर आर्चरी क्लबलाई ६–० ले पन्छ्याउदै तेश्रो बन्यो । आर्मीले तेश्रो स्थानमा चित्त बुझायो ।

रिकर्भ मिक्स टिममा आर्मीका डम्बरबहादुर थापा र आइशा तामाङको जोडीले पहिलो स्थान हात पारे । फाइनलमा उक्त जोडीले आर्मीका रोशन नगरकोटी र ज्ञानु अवालेको जोडीलाई ६–२ ले निराश पारे । कास्कीका मुकेश तामाङ र केशरी आले मगरको जोडीले तेश्रो स्थानमा चित्त बुझाए ।

रिकर्भ पुरुष टिमको ७० मिटरमा कास्कीले प्रहरीलाई फाइनलमा ६–० ले निराश पा¥यो । आर्मी तेश्रो बन्यो ।

पुरुष व्यक्तिगत स्ट्यान्डर्ड ३० मिटरमा आर्मीका तविन गुरुङले फाइनलमा बेस्ट आर्चरीका प्राण्जल राईमाथि ६–० को जित निकाल्दै स्वर्ण जिते । आर्मीका कमल दानीले कांस्य जिते । त्यसै स्पर्धाको महिलामा अन्नपूर्ण आर्चरी क्लबकी अर्चना थापाले फाइनलमा अन्नपूर्णकै अनुषा गुरुङको चुनौती ६–२ ले समाप्त पार्दै स्वर्ण प्राप्त गरिन् । अन्नपूर्णकै सोलिना गुरुङ तेश्रो भइन् ।

पुरुष ५० मिटर व्यक्तिगत कम्पाउन्डमा कास्कीका जाग्रित गुरुङ शीर्ष स्थानमा रहे । फाइनलमा उनले कास्कीकै राजेश राणालाई निराश पारे । थसाङका रमेश भट्टचन तेश्रो भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

 

खो खो 

आठौंअन्तर्गत राष्ट्रिय खो खोको पुरुषमा एपीएफले प्रदेश १ लाई ९–७, आर्मीले गण्डकीलाई १७–१३ र प्रदेश २ ले प्रदेश ३ लाई १५–११ ले परजित गरे । महिलामा आर्मीले एपीएफलाई १५–४ तथा प्रदेश ५ ले प्रदेश १ लाई २१–२ ले हराए ।

 

सेपकताक्रो  : आर्मीलाई स्वर्ण

आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रोको महिला डबल्समा आर्मीले स्वर्ण जितेको छ । सोममाया थापा र सुमित्रा डंगोलको आर्मी जोडीले प्रदेश ३ का स्वस्तिका श्रेष्ठ र उषा महर्जनको जोडीलाई २१–२ र २१–१२ को सोझो सेटमा पराजित गरे । गण्डकीले तेश्रो स्थानमा चित्त बुझायो ।

बर्दियाको गुलरियामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा आर्मीले प्रदेश ३ लाई २१–७ र २१–१० तथा प्रदेश ३ ले गण्डकीलाई २१–१६ र २२–२० को सीधा सेटमा हराउदै फाइनल भेट पक्का गरे । आइतबारै तेश्रो स्थानका लागि भएको खेलमा प्रदेश ५ ले गण्डकीलाई २–१ ले पन्छायो । पुरुष डबल्सको फाइनल सोमबार हुनेछ ।

 

ह्यान्डबल : सेमिफाइनल समीकरण पूरा

आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुष र महिला दुवैमा सेमिफाइनल समीकरण पूरा भएको छ । पुरुषमा एपीएफको भेट अर्को विभागीय टोली आर्मीसंग हुनेछ भने प्रदेश ३ ले प्रदेश १ को सामना गर्नेछ । महिलाको सेमिफाइनल प्रदेश १ र आर्मी तथा एपीएफ र प्रदेश ३ बीच हुनेछ ।

पुरुषको समूह चरणको खेलमा एपीएफले प्रदेश २ लाई ३३–९, प्रदेश ३ ले प्रदेश १ लाई २३–२०, गण्डकीले प्रदेश ५ लाई ४२–१२ र आर्मीले सुदूरपश्चिम प्रदेशलाई ४३–१० ले पराजित गरे ।

त्यसैगरी महिलामा प्रदेश १ ले प्रदेश ७ लाई २४–४, एपीएफले प्रदेश २ लाई ३९–४, प्रदेश ३ ले प्रदेश ५ लाई ७–६ र आर्मीले गण्डकीलाई ३०–७ ले हराए । सेमिफाइनल सोमबार बिहान ७ः०० बजेदेखि सुरु हुनेछ ।

 

पुरुष क्रिकेट : (भैरहवा)

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भैरहवामा संचालित पुरुष क्रिकेटको समुह ए तर्फको खेलमा सशस्त्र प्रहरीबलको एपिएफ क्लबले सबै खेलमा जित हात पार्दै समुह बिजेता बनेको छ । एक खेल अगावै अर्को बिभागिय टिम नेपाल पुलिस क्लबसंगै सेमिफाईनलको यात्रा तय गरेको एपिएफले लिगको अन्तिम खेलमा पुलिस टिमलाई आईतबार पराजित गरेको हो । 

आइतबारको आफनो अन्तिम खेलमा नेपाल पुलिस क्लबमाथि २ रनको जित निकाल्दै सशस्त्र समूह विजेता बनेको हो । यस अघिनै सेमिफाईनलमा स्थान सुरक्षित गरेको पुलिस टिम भने समुह उपविजेता बनेको छ । पुलिस टिमले लिगको अन्तिम खेलमा एपिएफ संग हार ब्यहोरेको छ ।  

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको एपीएफले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १५ रनको योगफल बनाएको थियो । उसका लागि प्रदीप ऐरीले ३ चौका र १ छक्काको मद्दतमा ४० रनको योगदान गरेका थिए । यस्तै, शंकर रानाले २० तथा अनिल शाहले १६ रन बनाए । बलिङमा पुलिसका जितेन्द्र ऐरीले ४, रामनरेश गिरी र ललित राजवंशीले २–२ तथा आरिफ सेख र सागर ढकालले १–१ विकेट लिए ।

प्रतिउत्तरमा जितका लागी १ सय १६ रनको लक्ष्य सहित मैदान उत्रेको पुलिसले पुरै ओभर खेल्दै ८ विकेट क्षतिमा १ सय १३ रन मात्रै बनाउदै २ रनको झिनो अन्तरले हार ब्यहोरयो । पुलिसका लागि आरिफ सेखले २४, दीपेन्द्रसिंह ऐरीले २३ र दिलिप नाथले १८ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा एपीएफका कमलसिंह ऐरी र भुवन कार्कीले २–२ तथा शरद भेषवाकरले १ विकेट लिए । एपीएफका कमलसिंह ऐरी म्यान अफ द म्याच भए 

आइतबारको लिगको अर्को खेलमा प्रदेश पाँचले गण्डकी प्रदेशलाई १५ रनले पराजित गरेको छ ।  जित निकाले पनि प्रदेश पाँच अघिल्लो चरणमा पुग्न भने सकेन् । टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश पाँचले १८.३ ओभरमा सबै विकेट गुमाई १ सय ३ रनको योगफल बनाएको थियो ।  प्रदेश ५का निश्चल चौधरीले २ चौक्का र १ छक्काको मद्दतमा ३४ रन बनाए । सुरज दरईले ३ चौका र १ छक्काको मद्दतमा ३४ र शौरभ खनालले ११ रनको योगदान गरे । बलिङमा गण्डकीका करण केसीले ३.३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । यस्तै, किशोर महतो, विपन खत्री र विशाल पौडेलले २–२ विकेट लिए ।

१ सय ४ रनको लक्ष्यसहित ब्याटिंग गर्न मैदान उत्रेको गण्डकीले निर्धारित खेलमा ९ विकेट क्षतिमा ८८ रन मात्रै बनाई हार व्यहोर्यो । उसका लागि आकाश थापाले २६, गोविन्द प्रधानले १८ र सन्तोष न्यौपानेले १० रन बनाए । गण्डकीलाई सस्तैमा समेट्न खेलका म्यान अफ द म्याच समेत रहेका प्रदेश प्रदेश पाँचका विक्रम भुसालले ४ ओभरमा १२ रन खर्चेर ५ विकेट लिए । यस्तै, संदीप सुनार र कृष्ण कार्कीले १–१ विकेट लिए ।

अब सेमिफाईनलमा एपीएफले समूह बीको उपविजेता प्रदेश नं. १ सँग र उपविजेता पुलिसले समूह बीको विजेता नेपाल आर्मीसँग १० गते नेपालगंजमा प्रतिस्पर्धा गर्ने क्रिकेट प्रतियोगिता ब्यबस्थापन रुपन्देही क्षेत्रका संयोजक तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए ।

 

पुरुष क्रिकेट : कोहलपुर

आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत जारी पुरुष क्रिकेट प्रतियोगिताको पुल चरणका सबै खेलहरु सम्पन्न भएका छन । ७ प्रदेश र ३ विभागीय टोली प्रतियोगितामा सहभागी भएका थिए । बाँकेको कोहलपुर र भैरहवामा संचालन गरिएको प्रतियोगितामा एफिएफ र त्रिभुवन आर्मी क्लब पोल विजेता भएका छन । कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न लिग चरणको खेलमा त्रिभुवन आर्मी कलव पोल विजेता भएको हो भने प्रदेश नं. १ उपविजेता भएको छ । त्यसैगरी पोल ‘ए’ अन्तर्गत भैरहवामा संचालन गरिएको प्रतियोगितामा एपिएफ

विजयी भएको हो । त्यसैगरी नेपाल पुलीस क्लब उपविजेता हँुदै सेमिफाईनल चरणमा प्रवेश गरेको हो । सेमिफाईनल चरणमा प्रवेश गरेका चार वटै टिमले उपाधिकालागि बैशाख १० गते प्रतिस्पर्धा गर्ने भएका छन । कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा सेमिफाईनल र फाईल चरणका खेलहरु संचालन गरिने भएको छ । यसैबिच कोहलपुर क्रिकेट मैदानमा आईतबार भएको छनौट चरणको अन्तिम खेलमा प्रदेश नं. १ विजयी भएको छ । कर्णाली प्रदेशलाई ५० रनको फराकिलो रन अन्तरले हराउँदै प्रदेश नं. १ ले प्रतियोगितामा आफ्नो स्थान बलियो बनाएको छ । कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको पाँचौ दिन भएको खेलमा कर्णाली प्रदेशले टस जितेर फिल्ड रोजेका थियो । पहिलो पारीमा मैदानमा उत्रिएको प्रदेश नं. १ ले निर्धारित २० ओभरमा १२३ रन जोडेको थियो ।  जसकालागी मुकुन्द यादवले ३२ रन जोडेका थिए भने राजन मगरले २३, पुष्प थापाले १७ र श्रवण यादवले १३ रन जोडेका थिए । बलिङतर्फ कर्णाली प्रदेशका जणेश विक्रम सिंहले ३ विकेट लिएका थिए भने दिनेश अधिकारी र प्रकाश जोशीले समान २÷२ विकेट लिए । दोस्रो पारीमा १ सय २४ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ७३ रनमै समेटियो । ठुलो लक्ष्य पछ्याएको कर्णाली प्रदेशले १८ दशमलव ४ ओभरमा आफ्नो सबै विकेट गुमाएको थियो । १ नं. प्रदेशका बलरहरुका अगाडी कर्णाली प्रदेशका खेलाडीहरु फिक्का देखिए । कर्णाली प्रदेशका रबिन्द्र जङ्ग शाही (१६), दिनेश पुन (१५), प्रकाश जैशी (१०) बाहेक अन्य  खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् । कर्णाली प्रदेशका खेलाडीहरुलाई सस्तैमा आउट गर्ने क्रममा प्रदेश नं. १ का खेलाडी फ्रिदोष अन्सारी, दिपेश कंडेल, पुष्प थापा र अभ्यास तिमल्सीनाले समान २÷२ विकेट लिए भने मुकुन्द यादवले १ विकेट लिए । उक्त खेलको प्लेयर अफ द म्याच १७ रन जोड्दै २ विकेट लिएका प्रदेश नं. १ का पुष्प थापा घोषित भए ।

 

सुटिङ 

सुटिङ्ग जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सुटिङ्ग प्रतियोगिता आइतबार पनि जारी रह्यो । प्रतियोगिता अन्तर्गत एयर राइफल र एयर पिस्तोल तर्फ २६ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको आइतबार भएको दोस्रो दिनको खेलमा एयर राइफल महिला तर्फ नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले सबै भन्दा बढी अंक प्राप्त गरेकी छिन् । ६ सय पूर्णाङ्कको प्रतियोगितामा फुलमायाले ५६५ अंक प्राप्त गरेको प्रतियोगिताका मुख्य निर्णायक प्रदिप खातिले जानकारी दिएका छन् । खेलमा नेपाली सेनाकी मिरा बन्जाराले ५५२, प्रदेश २ कि निशा लामाले ५१४, प्रदेश ५ की सपना नेपालीले ५१४, प्रदेश नं. १ की तुला देवी खड्काले ४७७, सुदुरपश्चिम प्रदेशकी निर्मला कुमारी साउदले ४६१, सुदुरपश्चिम प्रदेशकै सपना बोहराले ४६२ र गण्डकी प्रदेशकी करिश्मा बस्नेतले ४५२ अंक प्राप्त गरेको मुख्य प्रतिक्षक खातीले बताए । त्यस्तै, आइतबार भएको खेलमा एयर पिस्तोल महिला तर्फ सबैभन्दा बढी अंक नेपाली सेनाकी सरिता बस्नेतले ५१६ अंक प्राप्त गरेकी छिन् । प्रतियोगितामा नेपाली प्रहरीकी दुर्गा सिन्जालीले ५०७, प्रदेश ३ की रुविना श्रेष्ठले ५०१, प्रदेश ५ की पुष्पा रोकाले ४७१, प्रदेश नं. २ की उषा पोखरेलले ४४५, प्रदेश नं. १ की संगीता राईले ३ सय ६ अंक प्राप्त गरेकी छन् । आइतबार भएको ६ सय पूर्णाङ्कको एयर राईफल पुरुष तर्फ सबैभन्दा बढी अंक गण्डकी प्रदेशका मिलङ्ग गुरुङले प्राप्त गर्न सफल भएका छन् । गुरुङले ५४९ अंक प्राप्त गरेका थिए । प्रतियोगितामा प्रदेश ५ का अर्नभ घिमिरेले ५३८, प्रदेश ३ का कृष्ण घोरासैनीले ५२२ अंक प्राप्त गरेको प्रतियोगिताका मूख्य निर्णायक खातिले जानकारी दिएका छन् । खेलमा प्रदेश नं. १ का युवराज श्रेष्ठले ५१८, नेपाल प्रहरीका राम शरण बईजुले ५०३, प्रदेश २ का सन्तोष शर्माले ४९२, सुदूरपश्चिमका खेलाडीद्वय सुनिल चन्द र आमेस डगौराले क्रमशः ४५४, ४८५ अंक प्राप्त गरेका छन् । ६ सय पूर्णाङ्ककै एयर पिस्तोल पुरुष तर्फ नेपाली सेनाका विष्णु डिस्वा मगरले सर्वाधिक ५२९ अंक प्राप्त गरेका छन् । प्रतियोगितामा प्रदेश ५ का केशव चौधरीले ४८४, सुदूरपश्चिमका रुविन थापाले ४२५ र सुदूरपश्चिमकै रण सिंह बुढाले ३६४ अंक हात पारेका छन् ।

 

प्याराग्लाईडिङ 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा जारी प्याराग्लाईडिङ तर्फ नेपाली सेनाको त्रिभुवन क्लबले एक्यूरेसी र क्रसकन्ट्री तर्फका दुबै इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा रहेको छ । 

दोश्रो दिनको खेल जारी रहँदा सम्म एक्यूरेसी टिम इभेन्टमा नेपाल सेनाले हिजोको आफ्नो प्रदर्शनलाई दो¥हाउँदै १४५ अंकका साथ प्रथम स्थानमा रहेको छ । त्यसै गरि प्रदेश नं १, ९५५ अंकका साथ दोश्रो र गण्डकी प्रदेश १३५५ अंकका साथ तेश्रो स्थानमा उभिएको छ । 

पुरुष ईन्डिभिजुअल एक्यूरेसी तर्फ पनि नेपाली सेनाले आफ्नो उत्कृष्ट प्रदर्शन दो¥हाउँदै प्रथम स्थानमानै आफूलाई उभ्याएको छ । पुरुष ईन्डिभिजुअल एक्यूरेसीमा नेपाली सेना खेलाडीहरु सागर जलारी र सागर नेपाली बिच तिब्र प्रतिष्पर्धा देखिएको छ । जलारी ८ अंकका साथ अग्रस्थानमा छन भने नेपाली ११ अंकका साथ दोश्रो स्थानमा छन । प्रदेश नं १ का रोशन बस्नेत १९ अंकका साथ तेश्रो स्थानमा छन । 

महिला ईन्डिभिजुअल एक्यूरेसी तर्फ समेत नेपाली सेना अग्रस्थानमा रहेको छ । दुई दिनको खेल तालिकामा नेपाली सेनाकी दुर्गामाया १७७ अंकका साथ प्रथम स्थानमा उक्लिएकी छन । त्यसै गरि गण्डकी प्रदेशकी सबिता तामाङ २८७ अंकका साथ दोश्रो र गण्डकी प्रदेशकै प्रतिभा बोगटी ३७९ अंकका साथ तेश्रो स्थानमा रहेकी छन । 

टिम एक्यूरेसी र ईन्डिभिजुअल एक्यूरेसीको दुई दिनको खेलमा ४ राउण्डका खेल सम्पन्न भएको हो । सोमबार अन्तिम एक राउण्डको खेल बाँकी रहेको इभेन्ट म्यानेजर बिमल अधिकारीले जानकारी दिए ।

यता क्रसकन्ट्री तर्फ आज ३० किलोमिटरको टास्क सम्पन्न भएको छ । क्रसक्रन्ट्री तर्फ पनि नेपाली सेनाले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ । क्रसकन्ट्री टिम इभेन्टमा ५९३३ अंकका साथ पहिलो स्थान बनाएको छ भने गण्डकी प्रदेश ५८९३ का साथ दोश्रो र प्रदेश ३ ५६९५ का साथ तेश्रो स्थानमा रहेको छ ।

क्रस कन्ट्री इन्डिभिजुअल पुरुष तर्फ आजको खेलमा नेपाली सेनाका सुरज थापाले ९१३ अंक बटुलेका छन भने गण्डकीका आशिष थापाले ८६९ र नेपाली सेनाका निशिन थापाले ८१८ अंक बटुलेका छन । हिजो र आज गरि पुरुष इन्डिभिजुअल तर्फ अंकका आधारमा ओभरअलमा नेपाल सेनाका  सुरज थापा १७४६ अंकका साथ प्रथम स्थानको नजिक देखिएका छन भने प्रदेश ३ का कृष्ण बहादुर सुनुवार १६११  अंकका साथ दोश्रो र नेपाली सेनाकै विशाल थापा १६०६ अंकका साथ तेश्रो स्थानमा रहेका छन ।   

यसै गरि महिला क्रस कन्ट्री इन्डिभिजुअल तर्फ गण्डकी प्रदेशकी त्रिशा वमजन ७७७ अंकका साथ प्रथम, प्रदेश १ की सुष्मिता सुनुवार २८८ अंकका साथ दोश्रो र नेपाली सेनाकी स्वस्तिका गुरुङ २७९ अंकका साथ तेश्रो स्थानमा छन । 

प्याराग्लाइडिङका खेलाडी तथा अफिसियलहरुलाई खेलमा उत्साह जगाउन राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले आफ्नो तर्फ बाट खाजा प्रवन्ध गरेका थिए । त्यसै गरि उनले प्याराग्लाइडिङ सिक्दै गरेका दुई यूवालाई उनीहरुको खेल बाट प्रभावित भएर नगद ५ हजार समेत प्रदान गरेका छन । 

नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश भएको प्याराग्लाइडिङ खेलमा विभागिय टिम नेपाली सेना र ५ प्रदेश गरि कुल ६ टिमका ५९ जना खेलाडीले ६ वटा स्वर्ण पदकका लागि भिडिरहेका छन ।

 

महिला फुटबल (दाङ)

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत दाङको बेलझुण्डीमा मंगलबार देखि सेमिफाइनलका खेल हुने भएका छन् ।

फाइनल प्रवेशका लागि प्रदेश नं ३ र नेपाल आर्मी तथा एपीएफ र नेपाल प्रहरी भिड्नेछन् । पहिलो सेमिफाइन खेल विहान ८ बजे हुनेछ भने दोश्रो खेल दिउसो २ बजे पछी हुनेछ । यस्तै आईतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा प्रदेश नं ७ विजयी भएको छ ।

 

महिला क्रिकेट दाङ  

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत दाङको लमहीमा सोमबारदेखि सेमिफाइनलका खेल हुने भएका छन् ।

फाइनलमा पुग्न एपीएफ र प्रदेश नम्बर २, यसैगरी प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका बीचमा सेमिफाइनल खेल हुने छ । पहिलो खेल एपीएफ, प्रदेश नम्बर २ र दोस्रो खेल प्रदेश नम्बर १ र सुदूरपश्चिमका बीचमा हुने छ । प्रदेश ३ लाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमामा प्रवेश गरेको हो । 

टस जितेर व्याटिङ्ग गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

सुदुरपश्चिम प्रदेशकी कविता जोशीले अर्धशतक बनाइन् । १२८ रनको लक्ष्य लिएर मैदानमा उत्रीएको प्रदेश नम्बर ३ सबै विकेट गुमाएर १८ ओभरमा जम्मा १०८ रन बनाउन सक्यो । 

महिला क्रिकेट प्रतियोगितामा एउटा बिभागीय टिमसहित कर्णाली प्रदेश बाहेक ६ ओटा प्रदेशगरी ७ टिमले भाग लिएका थिए । फाइनल प्रवेशका लागि सोमबार दुवै सेमिफाइनल खेल हुने छन् । विहान हुने पहिलो खेलमा एपीएफ र प्रदेश २ तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्ने छन् ।

 

कराते 

आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङको तुलसीपुरमा जारी कराँते प्रतियोगिता महिला ४२ के.जी. कुमुते तर्फ एपीएफकी जिया कार्कीले स्वर्ण पदक हात पारेकी छन् । त्यस्तै नेपाली सेनाकी कुशुम खड्काले रजत जित्दा प्रदेश नं २ की मिरा योञ्जन र प्रदेश नं ७ की वर्षा साउदले रजत पदक हात पारे । 

त्यस्तै ५० केजी महिला कुमुते तर्फ नेपाली सेनाकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन् । त्यस्तै एपीएफकी अनु अधिकारीले रजत जित्दा प्रदेश नं २ की एलिशा तामाङ र प्रदेश नं ३ की सविना श्रेष्ठले रजत जिते । त्यस्तै ५० केजी पुरुष कुमुते तर्फ नेपाल प्रहरीका सोनाम लामाले स्वर्ण जिते । त्यस्तै एपिएफका विर बहादुर तामाङले रजत जित्दा प्रदेश नं ३का साजन मोक्तान र नेपाली सेनाका विश्व खत्रीले कास्य पदक हात पारे ।

 

आईटीएफ तेक्वान्दो सोनीले जितिन स्वर्ण

सोनी खड्काले आठौं राष्ट्रिय खेल अन्तर्गत आईटिएफ तेक्वान्दोको स्पाईरिङमा स्वर्ण जितेकी छिन् । आईतवार भएको ४०–४५ केजी तौल समूहमा प्रदेश ३ की सोनीले आर्मीकी निस्मा बस्याललाई फाईनलमा हराएकी थिईन् । सोही तौल समूहमा आर्मीकी अप्सना तामाङ र सुदूरपश्चिम प्रदेशकी पुजा शाही सयुक्त काँस्य जिते । पुरुष ४६–५० को स्पाईरिङमा प्रदेश ५ का सुमन मस्यार्दी मगरले स्वर्ण,प्रदेश १ का बिशेष राईले रजत तथा प्रदेश ६ रवि सुनुवार र आर्मीका पूर्ण वहादुर मगर कास्य जिते । पुरुष ५१–५५ को स्पाईरिङमा प्रदेश ३ का अनिल तामाङले स्वर्ण,एपीएफका योगेन्द्र धिमालले रजत र प्रदेश ४ का सागर शम्सेर कुवँर र प्रदेश ५ रोशन आलेले कास्य जिते ।

म्हिला दोश्रो डान कालो पेटिको महिला प्याट्रनमा आर्मीकी निस्मा बस्यालले स्वर्ण तथा प्रदेश नम्बर तीनकी स्वेता राइले रजत पदक जिते । त्यस्तै महिला टिम प्याट्रनमा आर्मीले स्वर्ण तथा गण्डकी प्रदेशले रजत पदक जिते । स्वर्ण विजेता आर्मी टोलीमा तुलसा राजथला, रुविका खड्का,रिना धिमाल,कल्पना राइ र हिमा खड्का समाबेश थिए । 

पुरुष टिम प्याट्रनमा आर्मीले स्वर्ण तथा एपीएफले रजत पदक जिते । स्वर्ण विजेता आर्मीको टोलीमा भिम बहादुर तामाङ,लिलाधर बस्नेत, प्रेम बहादुर मगर, पूर्ण बहादुर र भिम बहादुर तामाङ समाबेश थिए ।

 

भलिबल : एपीएफ र तीन नम्बर प्रदेश  सेमिफाइनलमा

आठौ राष्ट्रिय खेलकुद अन्तरगत आइतबार भएको महिला भलीबलको खेलमा सफलता हात पार्दै एपीएफ र प्रदेश नम्बर तीन सेमिफाइनलमा प्रबेश गरेका छन् । सेमिफाइनल प्रबेश गर्ने क्रममा एपीएफले सुदुर पश्चिम प्रदेशलाई २५–८,२५–१३,२५–१० को सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । प्रदेश तीनले पनि कर्णाली प्रदेशलाई २५–४,२५–१२,२५–१८ को सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल प्रबेश गरेको हो । त्यसतै गरी, समुह बीमा रहेको गण्डकी प्रदेशले नेपाल आर्मीमाथि १३–२५,१७–२५,२५–२३, २५–२१ र १६–१४ को संघर्षपूर्ण जित निकाल्दै उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो । सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल प्रबेश गरेको हो ।

पुरुष तर्फ पनि नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र  गण्डकी प्रदेश सेमिफाइनल  प्रबेश गरे । नेपाल आर्मी क्लब भने एक दिन अघि नै  सेमिफाइनल प्रबेश गरेको थियो । आइतबार भएको खेलमा पुलिसले प्रदेश एकलाई २५–१३,२५–२०,१७–२५ र २७–२५ ले हराउदै समुह विजेता भएको  छ । समुह कको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २५–१७,२५–१४,२५–२१ ले हराउदै चार खेलबाट नौ अंक जोडे पछि सेमिफाइनल प्रबेश गरेको हो । तीन खेलबाट नौ अंक जोडेको आर्मीले एक खेल अगावी सेमिफाइनल प्रबेश गरे पनि समुह विजेताको टुंगो सोमबार लाग्ने छ । आइतबार नै भएको पुरुष तर्फको खेलमा प्रदेश तीनले प्रदेश दुइलाई २५–१७,२५–२१,२५–१४ को सोझो सेटमा हराए पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

 

तेक्वान्दो 

अन्य खेलमा जस्तै तेक्वान्दोमा पनि बिभागिय टिमकै दबदबा कायम रहेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भैरहवामा जारी तेक्वान्दो खेलमा आईतबार स्पाईरिंग बिधामा  ८ स्वर्ण पदकको टुंगो लागेकोमा  जसमा नेपाली सेना ४, नेपाल पुलिस र एपिएफ क्लबले २।२ स्वर्ण जितेका छन् ।

पुरुष ६३ केजि मुनिमा नेपाल पुलिसका बिर बहादर महराले स्वर्ण, नेपाली सेनाका मोहन तामांगले रजत र प्रदेश २का जेकी यादब र कर्णाली प्रदेशका दिपक शाहीले काश्य जितेका छन् । त्यसै गरी पुरुषकै ७४ केजि तौल मुनि नेपाली सेनाका निशान श्रेष्ठले स्वर्ण, एपिएफका निरज देउजाले  रजत र पुलिसका निश्चल मान श्रेष्ठ र प्रदेश १ का नेत्र बहादुर कार्कीले काश्य प्राप्त गरेका छन् । पुरुष ८७ केजि तौल मुनि नेपाल आर्मीका भुपेन श्रेष्ठले स्वर्ण, नेपाल पुलिसका दिनेश हमालले रजत र सुदुरपश्चिम प्रदेशका ओमजंग सिंह र प्रदेश २ का अमित कुमार सिंहले काश्य पदक जितेका छन् । त्यस्तै पुरुषकै ८० केजि तौल समुह मुनि नेपाली सेनाका सक्षम कार्कीले स्वर्ण, एपिएफका सक्षम कार्किले रजत र नेपाल पुलिसका किरण सितेकु र  प्रदेश ३का बिष्णु तामांगले काश्य पदक प्राप्त गरेका छन् ।

त्यस्तै गरी महिला तर्फ ५७ केजि तैल समुह मुनि एपिएफकी गिता बिष्टले स्वर्ण, नेपाल पुलिसकी सुष्मा श्रेष्ठले रजत र प्रदेश ३की सुस्मिता मोक्तान र प्रदेश २की सुभेक्षा राईले काश्य पदक जितेका छन् ।

त्यस्सै गरी महिलाकै ६२ केजि तौल मुनि एपिएफकी संगिता बश्यालले स्वर्ण, प्रदेश २ की सिवानी श्रेष्ठले रजत र नेपाली सेनाकी मुस्कान कार्कि र नेपाल पुलिसकी कंचन थापाले काश्य पदक जितेका छन् । 

६७ केजि मुनि तर्फ नेपाली सेनाकी नम्रता तुलाधरले स्वर्ण,  पुलिसकी सिता तामांगले रजत र प्रदेश ५ की रामरती थारु र गण्डकी प्रदेशकी ममता गरबुजाले काश्य पदक प्राप्त गरेका छन् ।

त्यसै गरी महिलाकै ७३ केजि तौल मुनिमा नेपाल पुलीसकी सुमित्रा केसीले स्वर्ण, एपिएफकी अप्सरा कार्किले रजत, र कर्णाली प्रदेशकी ईला केसी एबं नेपाली सेनाकी प्रतिज्ञा भण्डारीले काश्य पदक जितेका छन् । 

भैरहवा स्थित ब्याडमिन्टन कभर्डहलमा सञ्चालन भैरहेको प्रतियोगिताको  स्पाईरींग बिधाका बाकी खेलहरु र समापन सोमबार हुनेछ ।

 

सफट टेनिस : ३ स्वर्णको टुगो

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत एघारौ राष्ट्रिय सफट टेनिसमा ३ स्वर्णको टुगो लागेको छ । आईतबार भएको पुरुष युगलको फाईनलमा प्रहरीका कमल भण्डारी र नौ बहादुर लुगेलीको जोडीले प्रदेश नं. १ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५–४ को सेटमा पराजित गर्दै स्वर्ण हात पारेका हुन । खेलमा प्रदेश नं. १ का युकेश योन्जन र आशिष बोहराको जोडी रजतमा चित्त बुझाएका छन । प्रदेश नं. ३ का प्रदिप खत्री र वृजेश पाण्डे तथा प्रदेश नं. ५ का सुभम खनाल र सुरज चौधरीको जोडी तेस्रो हुदै कास्य पदक जितेका छन । 

यसैगरि महिला युगलतर्फको खेलमा प्रदेश नं. १ का सुनिरा थापा र चन्द्रमाया राईको जोडीले स्वर्ण जितेका छन । थापा र राईको जोडीले प्रदेश नं. ५ का आश्मा भुषाल र रितिका चौधरीको जोडीलाई फाईनलमा ५–० को सेटमा पराजित गर्दै स्वर्ण आफनो नाममा पारे । योसंगै प्रदेश नं. ५ का आश्मा भुषाल र रितिका चौधरी रजत पदकमा चित्त बुझाए । प्रदेश नं. १ का श्रीया योन्जन र जर्जिया चौधरीको जोडी तथा प्रदेश नं. ४ का प्रिति बराल र सृष्टिका उदासको जोडी तृतिय हुदै कास्य पदकमा चित्त बुझाएका छन ।

यसैगरि मिश्रित युगलतर्फको खेलमा प्रदेश नं. ३ का चन्द्रमाया राई र निर्मल स्थापितको जोडीले स्वर्ण हात पारेका छन । राई र स्थापितको जोडीले फाईनलमा प्रदेश नं. १ का युकेश योन्जन र जर्जिया चौधरीको जोडीलाई टाईबेकरमा ७–५ मा जित निकाल्दै स्वर्ण जितेका हुन । युकेश योन्जन र जर्जिया चौधरीको जोडी रजत पदकमा चित्त बुझाए । आशिष बोहरा र श्रीया योन्जनको जोडी तथा सुरज चौधरी र रितिका चौधरीको जोडी तृतिय हुदै कास्य पदक पाएका छन ।

 

पुरुष फुटबल  : (रुपन्देही)

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत रुपन्देही जारी पुरुष फुटवलमा विभागिय टिमहरु नेपाल पुलिस क्लब र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब अन्तिम चारमा छनौट भएका छन । आईतबार भएको अन्तिम दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिमाञ्चलसंग बराबरी खेल्दै अंक बाडयो भने नेपाल पुलिसले दोस्रो खेलमा कर्णालीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । योसंगै समुहबाट सुदुरपश्चिमाञ्चल, कर्णाली र प्रदेश २ बाहिरिएका छन । 

देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा निक्कै प्रतिस्प्रर्धात्मक पहिलो खेलको १५ औ मिनेटमा त्रिभुवन आर्मीले पेनाल्टीमार्फत खाता खोल्दै खेलमा अग्रता लिएको थियो । गोलको राम्रो अवसरसहित अगाडी बढेका आर्मीका भरत खवासलाई सुदुरपश्चिमाञ्चलका भागिरथ चौधरीले डिबक्सभित्र लडाएपछि पेनाल्टी पाएको थियो । पहिलो हाफ अग्रता लिएको आर्मीले अग्रतालाई कायम राख्न सकेन । खेलको ६७ औ मिनेटमा प्रभुराज जोशीले बराबरी गोल गरेका थिए । 

यसैगरि आईतबार नै भएको दोस्रो खेलमा क्वालिफाई भएको नेपाल पुलिस क्लबले युवा टिमलाई अवसर दिएको थियो । पुलिसका हरि कठायतले गोल गरे । कर्णालीका खगेन्द्र खत्रीले पाच मिनेटमा नै गोल फर्काउदै खेल बराबरीमा ल्याएका थिए । खेलको ६८ औ मिनेटमा पुलिसका क्याप्टेन सुमन सुवेदीले विजयी गोल गरेका थिए । अजित भण्डारीले गरेको कर्नर प्रहारलाई सुवेदीले हेडमार्फत गोल गरेका थिए । सेमीफाईनलका खेलहरु नेपालगंज रंगशालामा हुने छ ।

 

पुरुष फुटबल : खजुरा

बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपीएफ र ५ नम्बर प्रदेश सेमिफाइनलमा पुगेका छन् । एपीएफले ३ नम्बर प्रदेशलाई पराजित गरेपछि यी दुई टीम सेमिफाइनलमा प्रवेश गरेका हुन् । तीन खेलमा शतप्रतिशत नतिजा निकालेको ५ नम्बर प्रदेश एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । आइतबार विहान आशिष लामाको ह्याट्रिकसहित एपीएफले ३ नम्बर प्रदेशलाई ४–० गोलले पराजित ग¥यो । १४, ६३ र ७० मिनेटमा गोल गर्दै लामाले ह्याट्रिक पूरा गरेका थिए । सुदीप सिम्राकारले २४ मिनेटमा एक गोल गरे । चारमध्ये तीन खेल जित्दै एपीएफ सेमिफाइनलमा पुगेको हो । एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको ५ नम्बर प्रदेश र एपीएफमध्ये को चाहि गु्रप फस्ट हुन्छ भन्ने कुरा ५ नम्बर प्रदेशको अन्तिम खेलमा निर्भर रहेको छ । ५ नम्बर प्रदेशले अन्तिम खेल ३ नम्बर प्रदेशसँग खेल्दैछ । ३ नम्बर प्रदेशसँग जीत या बराबरी गर्दा नै ५ नम्बर प्रदेश गु्रप फस्ट हुने ५ नम्बर प्रदेशका प्रशिक्षक सानु तामाङले बताए ।  एक जीत, एक बराबरी खेलेको ३ नम्बर प्रदेश एपीएफसँग पराजय भएसँगै सेमिफाइनलको दौडबाट बाहिरिएको छ । दोस्रो खेलमा गण्डकी प्रदेशले १ नम्बर प्रदेशलाई पराजित गरेको छ । गण्डकीले १ नम्बरलाई ४–० गोलले पराजित गरेको हो । गण्डकीबाट टीकाराज गुरुङले ६ र २१ मिनेट, त्रिदेव गुरुङले ४ मिनेट र विजय श्रेष्ठले २५ मिनेटमा गोल गरेका थिए । खेलमा गण्डकीका टीकाराज गुरुङले ६६ मिनेटमा रेडकार्ड पाएका थिए ।

 

उसु :

आठौंअन्तर्गत १४ औं राष्ट्रिय उसुको पुरुष छाङ छ्वानमा आर्मीका विजय सिन्जालीले स्वर्ण जितेका छन् । उनले ९.१५ अंक जोडे । प्रदेश ३ का रविन तामाङले रजत तथा एपीएफका कृजो आले मगरले कांस्य जिते ।

सोही स्पर्धाको महिलामा आर्मीकी सुस्मिता तामाङ पहिलो भइन् । सुस्मिताले ८.९५ अंक जोडिन् । प्रदेश १ की पम्फा राई दोश्रो तथा एपीएफकी अस्मिता श्रेष्ठ तेश्रो भए ।

 

हालसम्म सम्पन्न खेलहरु 

टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गोल्फ, बुद्धिचाल, लन टेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन, आर्चरी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर