पाल्पाको बगनासकाली गाउँपालिका अव डिजिटल
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले अनलाईन मार्फत सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाले पालिका भित्रका नागरीकलाई सेवा प्रवाहबाट सहज होस भनेर ब्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा ब्यबस्थापन सूचना प्रणालीको शुरूवात गरेको हो ।
बगनासकाली गाउापालिका भित्रका ९ वटै वडाहरूले अनलाईनको माध्यमबाट सेवा प्रदान गर्ने गरि ब्यबस्था मिलाईएको छ । वडा वडामा ईन्टरनेटको माध्यमबाट वडा सचिव तथा कार्यालय सहायक कर्मचारीहरूलाई २ दिनको तालिम पश्चात अनलाईन सिस्टमको सुरूवात गरिएको प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले बताए ।
राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभाग अन्तर्गत जन्म, मृत्य, बसाईसराई, विवाह दर्ता र सम्बन्ध विच्छेद जस्ता विवरणहरू हस्तलिखित नभई विभागको अनलाईन सेवामा दर्ता गरि प्रमाण पत्र दिने ब्यबस्था को शुरूवात गरिएको गाउँपालिकाका अध्यक्ष कृण्ण प्रसाद बस्यालले बताए ।
उनले प्रबिधिको सदुपयोग गरि जनतालाई छिटो छरितो र प्रभाबकारी सेवा प्रदान गर्न कर्मचारीहरूलाई आग्रह समेत गरे । गाउापालिका उपाध्यक्ष सरस्वती चिदीले प्रबिधि मैत्री सेवा आजको आवश्यकता भएको औल्याउदै प्रबिधिको प्रयोगले च्यातिने हराउने जस्ता समस्याहरू नहुने हुदा सेवा प्रवाहमा सहयोग मिल्ने बताइन्।
कार्यक्रममा सहभागी कर्मचारीहरूले आ आफ्नो वडामा अनलाईन सिस्टमबाट नै छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्दता जनाएका थिए । अनलाईल मार्फत सेवा प्रवाह भएसंगै गाउँपालिका भित्रको सेवा प्रवाहमा सहज हुने भएपछि सेवाग्राही खुसी भएका छन ।
प्रतिकृया दिनुहोस