• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 02:22 am

'आमा त गइन्'

आमा त गइन् । 
हिउँदमा आमैले सुकाएको बिस्कुनमा अचानक भुँवरी उठेजस्तो । छाउँदा–छाउँदै घरको छाना हुन्डरीले भुत्ल्याएजस्तो । कुन समुद्र–कुन क्षितिजबाट उठी आएर, कहीँ नपाएर ठीक हाम्रै घरधुरीमाथि पड्किने मेघबिजुलीजस्तो । चुट्दो असिनापानीसँगै जुठेल्नोबारीको काभ्राको रूखलाई ताकेर बज्रिएको चट्याङजस्तो । कति—कति पुज्दा पनि सधैँ अतृप्त, आफ्नै घरभित्रको देवता रिसाएजस्तो । आमा गएको ठीक यसरी नै हो, मस्तिष्कमा भयानक बज्रेर । हृदयमा कहिल्यै नपुरिने ममताको भ्वाङ पारेर । फेरि नफर्किने गरी अन्तिमचोटि माया मारेर । आमा त गइन् ।

जिरिम्लिम्लिम् धर्ती बज्रले काँपेजस्तै हुन्छु म आमाको धङ्धङ्गीमा । ‘आमा’, त्यस्तो अबोधतामा बोध हुने जीवनको पहिलो भाषा । सृष्टिकै सबैभन्दा शक्तिशाली शब्द आमा । शून्य नै सृष्टिको आमा हो भने ‘आमा १ आमा ११’ मेरो टुहुरो सम्बोधनको प्रतिध्वनि पहाड, खोँच, ओढार, जंगल हुँदै महाशून्य अर्थात् आमामा विलीन भएको पनि चार हिउँद भइसकेछ ।

आफू मरेको रे सपनामा । ब्युँझिँदा विपनामा एवं जिउँदै हुनुको ऐसा पनि त हो जीवन । आमाको अन्त्य फगत् सपना भए हुन्थ्यो जस्तो लाग्छ । ब्युँझने कत्ति हठ पनि गर्छु तर कि क्रूरतम् विपनामा ब्युँझने मौकै कहाँ हुन्छ र रु आमा—विपत्तिलाई भुल्न जबर्जस्त आँखा चिम्लिन्छु, अर्को उपाय । पत्थर बनाउन खोज्छु मुटु तर मुलायम रुमाल झैँ निचोरिएर आँसुमा अनुवाद भइहाल्छु । आत्मसंघर्षको थकानमा एक निद्रा के विजय हासिल गर्छु, सदालाई बिदाबारी भइसकेकी आमा लौ टुप्लुक्क आइपुग्छिन्— सपनामा १ हो अचेल सपनामा आउने गर्छिन् आमा । मात्र सपनामा छिन् आमा । स्वप्नमै भए पनि आमालाई भेट्दा कस्तो बडो भ्रमसुख मिल्दो रहेछ सन्तानलाई ।

आमा अझै छिन्, उस्तै छिन् । अग्लो कद, काली–काली वर्ण, कुच्चिएको हलुङ्गे भाँडाजस्तो चेहरा । अक्सर नस्याहारिएको कपालको जंगल । समयले बुच्याएको कान । तितेपातीको पात ढाँचाको आठानीको बुलाकी, आमाको नाकमा मुस्किलले हल्लिरहेको त्यो सुन होइन, दुःखको अक्साइडले खियाएको किट हो, एकदम अँध्यारो । फुपूले भान्जा लाहुरे भयो भनेर चिनो दिएको मखमली चोली । बुबाले धरान—पाँचथर भारी खेपेर किन्दिएको टाटनको बर्को । हिउँदमा हाङ्गाङ्से तेल बेचेर यासोक बजारमा किनेको पहेँलो पटुकी । त्यही पुटुकीमा सिउरिने सुर्तीको ठुटा अगुल्टोमा झोस्दा धुलिने आगोका झिल्काले छिद्रछिद्र पोलिस्टरको मैलोधैलो गुन्यु । यही परिधानमा, उही प्रेम, उही रिस, उही मातृभावनामा, ‘यसो गर् उसो गर्’ भन्दै चर्को स्वरमा कराइरहेकी हुन्छिन् आमा । 

सपना न हो, सपनामा पनि सपना देख्न थाल्छु म एउटा जिउँदो छोरा । यो त फगत्, फगत् १ सपना मात्र हो निधो हुन्छ सपनामै कसरी हो १ आमा त उहिल्यै गएकी हुन् नि आफ्नै रोज्जा ठेगानामा । सानोमा सपनामा हाँस्नु, रूख ढल्नु, मरिसकेको मान्छे देख्नु लोदर भन्ने गर्थिन् आमा । सुँगुरको मासु नखानू– जुठो हो, मरेको मान्छेसँग नबोल्नू– बिराम हुन्छस्, सपनाको यस्तै–यस्तै गाँठो फुकाउने गर्थिन् आमा । ती अर्थ, ती बिम्ब भैँसीको किलो चिम्टे माटोमा गडेझैँ हल न चल छ, अझै मेरो अवचेतनमा ।

सायद यही अवचेतनले खेल्दो हो सपनामा । मेरो सपनाको गुरु आमालाई उनैले अथ्र्याएका अर्थहरूले निषेध गर्ने गरिरहन्छ आजकल । रिमरिम चिनेजस्तो, नचिनेजस्तो कुनै अनाम स्वप्न संसारमा जो खेलिरहेका हुन्छौँ, आमा–छोरा । म जिउँदो तिमी मृत, यो एकबारको जुनीमा हाम्रो बाटो छुट्टिसकेको हो आमा । आमाको उपस्थितिको तात्पर्य खोजिरहेको हुन्छु म । नजाने बाटो गएर फेरि के चित्त नबुझेर आयौ आमा रु यो लोक तिम्रो लागि होइन अब । तिम्रो मानाचामल भरिसकेको होइन र रु 

तर आमा बाख्रा बाँध्ने टाट्ना पनि मेरो भन्छिन् । सुँगुरको डुँड मेरो भन्छिन् । कुखुराको खोंगी मेरो भन्छिन् । उसो भए यी सबैसबै माया मारेर किन गयौ, किन त्यति निर्मम भयौ भन्छु । अहँ, आमा मान्दिनन् । अगुल्टोले झटारो हान्न खोज्छिन् । कहिले हाँस्छिन्, कहिले रुन्छिन् । मेरो पालो खुकुरी, लाठीमुङ्ग्रीले लखेट्छु आमालाई । कहिले ओझेल पर्छिन् फूलबारीमा, कहिले भुर्र उडी नुहिएको बाँसको टुप्पामा बस्छिन् चरा भएर । धनुकाँण प्रहार गर्छु । छिनमै छेपारो हुन्छिन् आमा । आखिर अनकण्टार पाखाको उन्युघारीमा विलुप्त हुन्छ– आमाको छाया । 

ब्युँझन्छु । आमाकै कोखजस्तो काठमाडौं खाल्डो । आमाकै कफिनजस्तो जीर्ण कोठा । छेउमा घुरिरहेको छ बाह्रवर्षे छोरा । अर्को पलङमा छन्, वृद्धबालकसमान बुबा । जब आमाहरूले छाडेर गए, तब एकै ठाउँ पोको परेको छ हाम्रो तीन पुस्ता । दश महिनाको शिशु हुँदै बुबाले गुमाएका रे आमा ।

सात वर्ष हुँदा छोराले पनि छुट्टिनुप(यो आमासँग । यी दुई पुस्ताबीचमा झुन्डिरहेको चिन्डो अर्थात् मेरो त के कुरा १ सन्तोक पनि लाग्छ, यी दुई अभागी मनुवासँग आफूलाई तुलना गर्दा । मुस्कानले सदा ओठको दैलो उघ्रनुपर्छ भन्ने के छ रु आँखाका आँखीझ्यालका कापबाट सन्तापी आँसुले निकास पनि त पाउनुपर्छ वेला–वेला । सम्झन्छु, आमा भन्नु स्मृति न रहेछ । माउ गँगटोलाई आफ्नै सन्तानले खाएझैँ । सन्तान भन्नु सतत् समयको निरन्तरता रहेछ । बिचरा १ आमाको कुनै उल्लेख्य स्मृति नै छैन यी दुई मनुवासँग त । 

बुबालाई जन्म दिने आमा केवल मिथ हुँदो हो । छोरोलाई आमा एक धुमिल सम्झना । मेरा लागि आमा जब्बर स्मृति हो । यस्तो स्मृतिको सीमसार भइदिइन्, अब आमा जहाँ सँगसँगै फुलेका छन्, कमल र हात्तिबार फूल । जहाँ म जाकिएको छु आधा हिलोमा, हावामा आधा स्वतन्त्र छु ।  

आमा म कहाँदेखि आएँ रु सोधेर–सोधेर आमालाई हैरान पार्थें म सानोमा । ‘आकाशबाट झरेको नि तँ।।।’ मायाले मुसार्दै मेरा कपाल यसै भन्थिन् आमा । तब आकाश हेर्ने गर्थें म । आकाशभरिका झलमल ताराले कस्तो मिठो रहस्य पैदा हुन्थ्यो । तीनधर्के तारा दिदीबहिनी रे, तान्छोप्पा ९शुक्रतारा० लुइँचे कुखुराको भाले रे १ मेन्छ्याफ्रु रु मा ९सप्तऋषि तारा० दौँतरीतारा मेलाहाट धान नाच्न कतै गइरहेका रे १ पूर्णिमामा ताराहरूभन्दा ठूलो नाङ्लोजत्रो लाग्थ्यो चन्द्रमा । त्यसलाई त कुम्मायक डाँडाबाट हाङ्गाङ्से टिप्ने अंकुसेले भेट्न सक्छ होला हौ १ 

मरेपछि के हुन्छ आमा ? ‘घामजून हुन्छ कान्छा ।’ ताराहरूचाहिँ किन त्यति सानो नि ! ‘मा...थि छन् नि त’ साँच्चैमा त किट्लीजत्रा छन् हो आमा रु मेरो जिज्ञासा सुनेर फिस्स हाँस्थिन्, जाँडलाई किट्लीमा तातो पानी तताइरहेकी आमा ।दश वर्ष हुँदासम्म आमासँगै सुतेँ म । आमाको काखमा म, मेरो काखमा सानो बिरालोको बच्चा । काखलाई न्यानो दिने त्यो बिरालोको बच्चा घुर्रघुर्र घुर्दा कहाँबाट मातृत्व टुसाउँथ्यो कुन्नि, एकाएक विरही हुने गर्थें म, कहाँ होला नि यसको आमा ? आमाचाहिँ मायामिश्रित भावमा हकार्थिन्, ‘चुप् लागेर सुत् है बिरालोको आमा ।’ 

सुत्नुअघि आमालाई एउटा न एउटा लोककथा सुनाउन लगाउँथे । कहिले उखान तुक्का, कहिले गाउँखाने कथा । लामो लहरा मिठो फल के हो रु यस्ता दिमाग खाने कथामा थुप्रै गाउँ खाइदिन्थिन् आमा । तर, एउटा गाउँ जहिल्यै जोगाएको हुन्थेँ मैले– मावली गाउँ ।मावली गाउँ किन–किन मलाई औधि प्रिय लाग्थ्यो । वर्षमा एकपटकजसो जान पाइन्थ्यो । कोसेलीपातको थुन्चे बोकेकी हुन्थिन् आमा । उनको पछिपछि ढाकाको सानो झोलामा एक बोतल रक्सी र एक जोडी पेरुंगो बोकेको म ।

साँझपख मामाघर पुगेर बाजेबोजुलाई खुट्टैमा ढोग्नु अनि कत्ति न पाहुना पल्टेर पलेँटी मारेर बस्नु । कत्ति न सरम मान्दै दूधसँग जौलो भात खानु । लुङाहरूसँग बाख्राको टाट्नामा पिङ खेल्नु । घर फर्कने दिन बाजेबोजु ढोगिसकेपछि पनि एक—दुई रुपैयाँ पाउन आसे भएर केहीबेर बेसरम उभिराख्नु । मावलीको नयाँ भूगोल, नयाँ परिवेश मलाई कुनै लोककथाको देशजस्तो लाग्थ्यो ।

सपना न विपना । आमाले सुनाएका कथाका पात्र, स्थान जीवनमा आरोपण गर्ने बानी थियो ममा । मानिस बसाइँ हिँडेको एउटा हिम्थत्रा ९थोत्रो घर० थियो स्कुल जाने बाटोमा । त्यही घरमा मैले सुनेका लोककथाका सैतान बस्छन् झैँ लाग्थ्यो । स्कुल आउँदा–जाँदा त्यो घरनेरि पुग्यो कि पिसाब छुटिहाल्थ्यो मेरो । सपना पनि कस्तो, त्यो घरमाथि बाटोमा पिसाब फेरिरहेको हुन्थेँ, विपनाचाहिँ मूतको आहाल हुन्थ्यो ओछ्यान । ‘थुक्का कान्छा’ उठ्थिन् आमा मध्यरातमा ।

कहिलेकाहीँ ‘थुक्का चुर्मुसी’ भन्दै गनगनिन्थिन् पनि । चुर्मुसी, मभन्दा दुई वर्ष कान्छी बहिनी, जो शिशु अवस्थामै आगोमा डढेर मरी । सोघा—सुगुत् ९प्रेतात्मा० बनी भनिएकी ऊ आमालाई सपना दिने रैछे । अहिले सम्झँदा ठूलो हुन्जेल ओछ्यान मुत्नु मैले चिसोले पो रहेछ । सन्तानलाई दिने स्नेह कुन आमामा कमी होला र १ तर, त्यो स्नेहलाई अभावले बाधा दिँदो रहेछ । हिउँदका कठ्यांग्रिँदा रातलाई पातला धुसुना र सिरकले नछेल्दा तीभन्दा पातला बर्को र गुन्यु खप्ट्याउँथिन् आमा । त्यसले पनि नछेल्दा चाक्ला गुन्द्री गजराभित्र लुकाउँथिन् ।

हिउँद लाग्यो कि बा किन बसाइँ जाने कुरा गर्थे रु आमा बारीको एक सुर्का बाँझो राख्न मान्दिनथिन् । स–साना गराका डिल झ्याम्पलले लडाउँथिन् । मार्तलले ढुंगाका हाडखोर फुटाउँथिन्, जरै उखेल्थिन् गल–गैंतीले । बा नहुँदा आफैँ हलगोरु नार्थिन् । दाजुलाई निमित्त हलीजस्तो बनाएर बाँझो जमिन छेउकुना गुल्जार गर्थिन् ।

एक दिन मैले थाहा पाएँ, हामी बसेको घर आमाकै पौरखको नासो हो । हामीले खेल्ने संसार माइतमा पेवा कमाएको आठ तोला सुन बेचेर आमाले नै बन्धकमा जोडेकी हुन् । मधेस बसाइँ हिँडेका दाजुभाइ वंशको घर जसलाई मुखियाहिम् ९मुखिया घर० भन्थे । बर्खामा छानामा गुँड लाउँथ्यो गौंथलीले, हिउँदमा त्यो रित्तो हुन्थ्यो । आमा भन्थिन्, ‘मधेस गएका छन् गौँथली उँभौलीमा गुँड सम्झेर फर्किन्छन् ।’ झस्किन्थेँ म, गौँथलीसँगै मधेसबाट मुखियाहरू पनि फर्के भने हामी कहाँ बस्ने होला रु

माइतको पाउँदर आमाको देवता मुखियाघरमै स्थापित थियो । यही घरको रातो माटोले लिपिएको पिँढी वरिपरि सिन्काले केरेर ‘क ख’ लेख्न सिकाउँथिन् आमा । आमा औपचारिक स्कुल त कहिल्यै गइनन् नै । तर, यही घरको सिकुवामा मकैको दाना लडाएर साउँको ब्याज, ब्याजको स्याज कहिल्यै फच्चे नहुने सयकडा हिसाब दुरुस्त राख्थिन् ।

आफ्नै घरको सपना थियो बुबासँग । आमा भन्थिन्, ‘घरले के दिन्छ रु टाँडमा मुसा रोए भने रु’ रूपवादी होइन, जडमा विश्वास गर्थिन् आमा । बुबा रेडियो, अटोमेटिक छाता, लालटिन, तीन टोटे टर्च, पात्रो यस्तैयस्तै नयाँ वस्तुमा रुचि राख्थे । आमा बरु नुनको बोरा ओढ्थिन्, झरीमा भिज्दा त्यो ग¥हुँगो न ग¥हुँगो भए पनि छातामा विश्वास गर्दिनथिन् ।

०४५ सालको भुइँचालोपछि नयाँ घर बनाउन बुबा कस्सिए । पाँच हजार ऋण काढेर बेँसी किपटको सखुवा काठ कटाए, ओसारे माथि लेकसम्मै । तर, ऐँचोपैँचो निहुँमा त्यो काठले त प्रधानपञ्चले पो घर ठड्यायो । त्यही वेला छिमेकी दाजुले क्षेत्री भाउजू भगाइल्याए । यही निहुँमा क्षेत्री र लिम्बूबीच कुटाकुट भयो । प्रधानपञ्चले सोझो बुबालाई चोरी मुद्दामा फसाए । त्यसपछि सदालाई तुहिएर गयो बुबाको घर–सपना । अब बुबा चुपचाप धरान–यासोक किराना र फलामका भारी बोक्न थाले । सालिन्दा छ–सात हिउँद दुई–चार महिना कहिले गोरुखरिद, कहिले सिक्किममा सुन्तला बोक्न, कहिले मेघालय कोइला काट्न त कहिले अरुनाचल घाँस काट्न जाँदा ऋण बल्ल अदा गरे ।

दाजु, दिदी र म तीनजना स्कुल । फेल हुुन नपाउने नियम थियो आमाको । स्कुल जान ढिलो गरे माटाका डल्लाले हान्दै कुदाइहाल्थिन् । बुबा परदेशी भइहाले । वस्तुभाउ, खेतीपाती एक्लै नै भ्याउँथिन् सबै ।

कुखुरासँग बात मार्थिन् । सुँगुरलाई ‘चुप् लाग् एकछिन्’ भन्थिन् । भोकले बाख्रा कराए ‘ल्याउँदै छु ल्याउँदै छु’ फकाउँथिन् । भैँसीलाई ‘जहिले नकरा है डिँगा’ हकार्थिन् । यसरी आमा सबैको आमा थिइन् ।कठोरमा आमा अग्राख नै थिइन्, कोमलमा कलिलो जाँडजस्ती । जग्गाको साँधसिमानामा कलह भयो कि जेठाजु, ससुरासँग भिड्नलाई पछि नपर्ने । बुबाचाहिँ आमाको ठीक उल्टो, एक शब्द ‘पुँक्क’ नबोल्ने । आमालाई ‘अचाडो कुरुम्बाङमा बन्धकी खाएर ठूलो कुरा गर्छे’ अनि बुबालाई ‘स्वास्नीले जितेको’ छिमेकीले लगाएका फत्तुर थिए ।

सानोमा सपनामा हाँस्नु, रूख ढल्नु, मरिसकेको मान्छे देख्नु लोदर भन्ने गर्थिन् आमा । सुँगुरको मासु नखानू– जुठो हो, मरेको मान्छेसँग नबोल्नू– बिराम हुन्छस्, सपनाको यस्तैयस्तै गाँठो फुकाउने गर्थिन् आमा । ती अर्थ, ती बिम्ब भैँसीको किलो चिम्टे माटोमा गडेझैँ हल न चल छ अझै मेरो अवचेतनमा ।

आमा आफैँमा पूर्ण घर थिइन् । समाज, संस्कार, संस्कृतिको एक अनुपालक थिइन् । ‘लडेर खानुपर्छ’ पाखुरा सुर्किंदै काकी, बडीमालाई जोस्याइरहेकी हुन्थिन् । बिहेभोजमा के कति सघाउनी लाने रु बोहीमा हेर्न सुझाइरहेकी हुन्थिन् । लिम्बू र क्षेत्री गाउँ जोड्ने सेतुजस्तै थियो मुखियाघर । धरान, सदरमुकाम फिदिम ओहोरदोहोर गर्ने मूलबाटोले छोएकोले बाक्लै बटुवा बास बस्थे । अटुटजस्तै थियो आमाको जाँड पैकार । त्यहीँबाट जुट्थ्यो हाम्रो कापी, कलम, नुनतेल अनि आमाको सुर्ती खाने याङ ९पैसा० । 

नाम हराउनु हुन्न, आमाको सिद्धान्त थियो । बुबा परदेश नै हुन् तर बुबाको भैँसीगोठ गर्ने समूहमा बुबाको नामलाई हराउन दिइनन् आमाले । चाडबाड, महिना दिनजसो गाउँले मिलेर आँगनमा भैँसी काटिन्थ्यो । आमाको आर्थिक कारोबार क्षेत्री समुदायसँग बढी हुन्थ्यो । भैँसी काटेको दिन घरमा थापा, कार्की, भण्डारी काकाबडा, दाजुका ठूलै हुल भेलिन्थ्यो । मुखियाघर मासुको भुटुवा र जाँडको हरकमा साँझ अबेरसम्म डुब्थ्यो ।

संघर्ष, उत्सव, विद्रोह के–के नाम दिऊँ आमालाई रु निम्नमध्यमवर्गीय तमाम आमाका साझा दुःख नै मेरो पनि आमा भनूँ कि १ जस्तो कि मलाई ‘सर ९शिक्षक०’ बनाउने आमाको सपना थियो, तर त्यो पूरा भएन मबाट । एसएलसी पास गरेपछि कागती बेच्न धरान गएको दाजु ढाकर र तोक्मा त्यतै फ्याँकेर काठमाडौँ पस्यो ।

त्यहाँबाट पनि भाग्यो । बुबाको पदचाप पछ्याउँदै मेघालय पुग्यो । चार–पाँच वर्षपछि गाउँ फर्केर मलेसिया गएको उतै सात–आठ वर्ष अल्झ्यो । शिक्षक नै बन्छु भनेर धनकुटा पढ्न गएको थिएँ म । एक वर्ष नपढ्दै कवि बन्ने सपना लिएर काठमाडौं आएँ । छोराहरू जहाँ पुग्यो, त्यहीँ अल्झिने, एउटी छोरी बुबाआमा रुँग्ने । अहिले सोच्छु, आमाको मन कत्ति दुख्यो होला ।

मैले आमालाई जिउनुका उपक्रममा धेरैपल्ट भुलेँ । सपनामा देख्दा मात्र झल्याँस्स हुन्थेँ । समय मेरो मात्र वशमा कहिल्यै भएन । आमालाई सम्झन पनि अतिरिक्त फुर्सद निकाल्नुपर्ने धपेडी पनि यही समयको जीवनमा भोगेँ । मेरी आमा जब्बर छिन् । जब्बर आमाको छोरा हुँ । यस्तै लाग्थ्यो ।

आमाको सम्झनालाई सहरको एक अँध्यारो कोठाबाट फगत् नोस्टाल्जिक कवितामा उनेँ ।मलाई लाग्थ्यो र लाग्छ अझै पनि, आत्मामा छँदै छिन् नि आमा । टुक्रा टुक्रा नै सही, वर्ष दिनजसो फरकमा आमालाई भेट्दै नै थिएँ । तर, भौतिक रूपमा सत्र–अठार वर्ष भइसकेको थियो, बारीको ओल्लो छेउ र पल्लो छेउ झैँ भएका आमा–छोरा । हाम्रा वर्ष दिनको भेट त सिजनमा एकपटक हलोको सियोले जोडेजस्तो न त थियो । योभन्दा फरक दाजुको अवस्था पनि थिएन । जे होस् मधेसमा घरजग्गा जोडेर बुबाको घरको स्वप्न साकार पारेकै हो ।

सहर, मधेस पटक्कै मन नपराउने आमालाई पहाडमै, गाउँमै, मुखिया घरमै मर्ने अन्तिम इच्छा थियो । तर, सुक्खाले गाउँ सुक्यो । जीवनको मूल सक्यो । मलाममा छर्ने बुर्कीसमेत नपाइने भयो । तीसौँ उमेर खानेपानी बोक्ने दिदी पनि कुटुम्ब घर लागिन् । तब न थातथलो माया मारिहिँड्ने क्याराभानको पछिल्लो पंक्तिमा आमाले पनि सरिक हुनुप(यो ।

सुनेँ, मुखियाघरमा आफ्नो देवताको धुमधाम पूजा गरेर मधेस झरिन् आमा । मलाई लाग्यो आमा नै घर हो । घर अब मधेस झ¥यो । लाग्थ्यो, सबै सही–सलामत चलिरहेछ । छोरोको ‘विन्टर भ्याकेसन’मा आमालाई काठमाडौं ल्याउँछु, अफिसमा सहकर्मीबीच आ–आफ्ना आमा ‘मिस’ होइबस्छन् । वैवाहिक जीवन भत्केकोमा घोर निराशामा पनि छु । यहीबीच यस इहलोकबाट आफूलाई बिदा माग्छन्, कविचित्रकार मित्र अर्जुन खालिङ । त्यो मृत्युसादृश्य आफैँलाई पनि कता–कता पाउँछु ।

साता दिनपछि । ०७३ पुस ४ गते बिहान । आमाले आफ्नो प्राण पखेरुलाई आफैँ पासोमा पारेको खबर सुन्छु । हजार भोल्टको करेन्ट लागेझैँ के भन्नु रु अवश्य हो, त्यो क्षणलाई शब्दले बोक्न सक्दैन । भाषाले उठाउन सक्दैन । तर, त्यो खबरले आफैँ हप्ता दिन लामो आत्महन्ता सोचको ह्याङमा फसिरहेको म एकाएक छ्याङ्गै हुन्छु ।

बस् १ त्यो पीडा, त्यो आकस्मिक नियमिततालाई तीव्रतम गतिमा अनुभूत गर्छु । आमा मभित्र थिइन् र न एउटै सोच सँगसँगै सोच्यौँ । धेरै हद गलत हो, तर एक हद आमाले रोजेको बाटो सही छ । आमाको आत्मनिर्णयको उच्च सम्मान गर्नैपर्ने निष्कर्षमा म पुग्छु । सबै साथीभाइलाई पनि जानकारी होस्, आमाले जीवनसँग अन्तिम विद्रोह गरेको भाव फेसबुक स्टाटसमा पोख्छु ।

साँझ मधेसको घरमा पुग्छु । ‘तेरो आमालाई उता।।। उता।।। पश्चिमपट्टि पु(यायौँ कान्छा १’ दर्दनाक आवाजमा बोल्छन् बुबा । आमाको भौतिक देह दिउसै दफन भइसकेको छ । त्यो अनुमति बिहानै बुबालाई फोनमा दिएको हुँ मैले । अब आमाको प्रेतात्मा मार्ने अन्तिम अनुष्ठान चलिरहेछ । तङसिङ थान वरिपरि काँसको थाल ठटाउँदै नाचिरहेको छ–देवारी ।

भोलिपल्ट बिहान भाउजूले मोबाइलमा देखाउँछिन् फोटोमा– जे उपद्रो जीवनसँग गरेकी हुन् आमाले । मुटु बलियो पारेर हेर्छु आमाको तस्बिर । किन हो यसपल्ट चम्किरहेको पाउँछु, अरू वेला दुःखको अक्साइडले खियाएको किटजस्तो आमाको सदाबहार आठानीको बुलाकी १ आँगनछेउ धानको कुन्युँमाथि छ– आमाले नै सदाबहार बेरिआएजस्तो आधा टुक्रा पहेँलो पटुकी ।

त्यो दृश्य आँखामा पटक–पटक ठोकिन्छ । लाटोकोसेरोले झैँ हेर्छु मुन्टो घुमाइघुमाई नयाँ घरलाई । देख्छु, एक कोठामा भाउजूले माइतबाट ल्याएको नयाँ देवताको थान । सहसा आँसुले भरिएर आउँछन् मेरा आँखा । नयाँ देवतासित गुनासो लाग्छ, आमा त गइन् त । तिमीले छेक्नुपथ्र्यो नि तर।।। ११

–नयाँ पत्रिका  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डा. डीआरको उपन्यास र तीन गीति एल्बम सार्वजनिक

  • ६ जेठ, २०७६

काठमाडौं । गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक भएको छ । काठमाडौमा आयोजना गरिएको यस कार्यक्रममा ‘अधुरो

कविता : हेडमास्टरको चाबुक

  • ४ जेठ, २०७६

निर्दयको पराकाष्ठा छ यो हेडमास्टर श्रीपेचझैँ लगाउँछचुच्चे टोपी कोट लगाउँछ पौराणिक खालको छाती कस्छ दौराको तुनाले हरदम हुन्छ हातमा बेतको छडी घरि

कविता : उत्साहको गीत

  • ४ जेठ, २०७६

आगो दन्किएको समयको सङ्घारबाट खोज्नु छ देशको नक्शा र भत्किएको सिमारेखा जोडेर बनाउँनु छ – मेरो देश नेपालको मानचित्र अत्याचारको निलडाम खपेर अचेल