• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 10:14 pm

सुर्य उदाउँदा नगरकोटबाट जे देखियो...[फोटोफिचर]

काठमाडौं । काठमाडौंबाट लगभग २८ किलोमिटर यात्रा गरेपछि नगरकोट पुग्न सकिन्छ । पर्यटकीय क्षेत्रको रुपमा विकसित भएको नगरकोटमा बाह्रै महिना पर्यटकहरुको ओइरो लाग्छ । 

काठमाडौंमा गर्मी सहन नसकेका जो कोही पनि लगभग १ घन्टाको यात्रापछि नै चिसो महसुस गर्न सक्ने ठाउँ भएकाले पनि यो ठाउँ निकै लोकप्रिय बन्दै गएको छ । यहाँबाट देखिने हिमाल र पहाडका दृश्यहरुले जो कोही पर्यटकको मन लोभ्याउँछ । 

पछिल्लो समय हप्ताभरि कामबाट थकित भएका जो कोही पनि शुक्रबार नगरकोट रिफ्रेसमेन्टका लागि जान थालेका छन् । यसै सन्दर्भमा समाचार दैनिकको टोली रिफ्रेसमेन्टका लागि नै नगरकोट पुगेको छ । 

समाचार दैनिकका प्रदेश र जिल्लाका सबै रिपोर्टरहरुसहित वर्षभरिका कामको समिक्षा सहित रिफ्रसमेन्टका लागि टोली नगरकोट पुगेको थियो । नगरकोट प्रस्थान गर्नुपूर्व समाचार दैनिकको कार्यालयमा मल्टिमिडिया र समाचार संकलनका विषयवस्तुमाथि विशेष छलफल भएको थियो । 

मल्टिमिडियाको क्षेत्रमा विज्ञ मानिने पत्रकार रजनीश भण्डारीले नयाँ पुस्तामा मल्टिमिडियाको प्रयोगको बारेमा विशेष चर्चासहितको सेसन संचालन भएको थियो । साथै, नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटाले समाचारका विभिन्न विषयसंग सम्बन्धीत रहेर आफ्ना विचारहरु समाचार दैनिकको टोलीलाई दिएको थियो ।


हेरौं नगरकोटबाट देखिएका केही तस्बिरहरु :

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तस्बिरमा हेर्नुस निरन्तरको वर्षाले रुझेको तानसेन बजार

  • १ श्रावण, २०७६

पाल्पा । विगत केही दिन यता परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । लामो समयसम्म पानी नपरेर सास्ति खेपेका कृषकहरु यतिबेला धमाधम

मंगलबार राति आकाशमा देखिएको खण्डग्रास चन्द्रग्रहण [फाेटाेफिचर]

  • १ श्रावण, २०७६

काठमाडाैं । ब्रह्माण्डमा रहेका सबै ग्रह आफ्नो दिशमा निरन्तर घुमिरहेका हुन्छन् । यस्तो बेला कहिलेकाहीँ कुनै ग्रहको छाया अर्को ग्रहमा पर्ने हुँदा

लोकसेवाको विज्ञापनविरुद्ध राजधानीमा प्रदर्शन [फोटोफिचर]

  • ३१ असार, २०७६

काठमाडौं । लोकसेवा आयोगले खुलाएके विज्ञापनविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा मंगलबारमा राजधानीको माइतिघर