• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 10:14 pm

ईङलिस प्रिमियर लिग च्याम्पिएन बन्याे म्यानचेष्टर सिटी

एजेन्सी । म्यानचेष्टर सिटीले ईङलिस प्रिमियर लिगको उपाधि रक्षा गरेको छ । यस पटकको जितसँगै सिटीले लगातार दोश्रो पटक तथा लिगको उपाधि छैटौं पटक जितेको हो । उपाधि हत्याउन लिगको अन्तिम खेल सम्म कुर्नुपरेको सिटीले गएरातिको खेलमा ब्राईटनलार्य ४–१ गोलले सहज पाखा लगायो । 

दोस्रो स्थानको लिभरपुल पनि अन्तिम खेलबाट उपाधि पोल्टामा पार्ने दौडमा थियो । तर सिटीले कुनै गल्ती गरेन । फलस्वरुप लिभरपुललाई १ अंकको साँघुरो अन्तरले पछि पारे लगातार दोस्रोपटक लिग च्याम्पियन बनेको हो । लिभरपुलले उपाधि जित्न आफ्नो खेल जितेर सिटीले खेल हार्नुपर्ने थियो ।

 यससँगै सिटीले पेप ग्वार्डिओलाको नेतृत्वमा लगातार दोस्रो वर्ष लिग जितेको छ । गत सिजन पनि ऊ लिग च्याम्पियन बनेको थियो । यता, लिभरपुलले आफ्नो अन्तिम खेलमा आफ्नो घर एनफिल्डमा उल्भ्सलाई हराए पनि ऊ उपविजेतामै सीमति भयो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्यानमाथि आइसीसीको प्रतिबन्ध कायमै, निलम्बन फुकुवाबारे छलफल नै भएन

  • ३ श्रावण, २०७६

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको

जिम्बावेमाथि आईसीसीको निलम्बन

  • ३ श्रावण, २०७६

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेमाथि निलम्बन लगाएको छ । बिहीबार लन्डनमा बसेको  आईसीसी बैठकले

विश्वविजेता इंग्ल्यान्डद्वारा कप्तानसहित १० खेलाडी परिवर्तन

  • ३ श्रावण, २०७६

एजेन्सी –  क्रिकेटकाे विश्वकप च्याम्पियन टोली इंग्ल्यान्डले आयरल्यान्डसँग हुने एकमात्र टेष्ट खेलको लागि आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ ।