• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ईङलिस प्रिमियर लिग च्याम्पिएन बन्याे म्यानचेष्टर सिटी

एजेन्सी । म्यानचेष्टर सिटीले ईङलिस प्रिमियर लिगको उपाधि रक्षा गरेको छ । यस पटकको जितसँगै सिटीले लगातार दोश्रो पटक तथा लिगको उपाधि छैटौं पटक जितेको हो । उपाधि हत्याउन लिगको अन्तिम खेल सम्म कुर्नुपरेको सिटीले गएरातिको खेलमा ब्राईटनलार्य ४–१ गोलले सहज पाखा लगायो । 

दोस्रो स्थानको लिभरपुल पनि अन्तिम खेलबाट उपाधि पोल्टामा पार्ने दौडमा थियो । तर सिटीले कुनै गल्ती गरेन । फलस्वरुप लिभरपुललाई १ अंकको साँघुरो अन्तरले पछि पारे लगातार दोस्रोपटक लिग च्याम्पियन बनेको हो । लिभरपुलले उपाधि जित्न आफ्नो खेल जितेर सिटीले खेल हार्नुपर्ने थियो ।

 यससँगै सिटीले पेप ग्वार्डिओलाको नेतृत्वमा लगातार दोस्रो वर्ष लिग जितेको छ । गत सिजन पनि ऊ लिग च्याम्पियन बनेको थियो । यता, लिभरपुलले आफ्नो अन्तिम खेलमा आफ्नो घर एनफिल्डमा उल्भ्सलाई हराए पनि ऊ उपविजेतामै सीमति भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर