• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 02:25 am

यस्तो देखियो राष्ट्रपतिको जानकी मन्दिरमा विशेष पूजा [फोटोफिचर]

जानकी नवमी पर्व सम्पूर्ण नेपालीहरुको लागि राष्ट्रिय एकतामा बाँध्ने पर्व : राष्ट्रपति

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी नवमी पर्वबाट सामाजिक सांस्कृतिक तथा राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने बताएकी छन् । 
जानकी नवमीको अवसरमा जानकी मन्दिर प्राङ्गणमा आयोजित सम्मान तथा सम्बोधन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले जानकी नवमी पर्व सम्पूर्ण नेपालीहरुको लागि राष्ट्रिय एकतामा बाँध्ने पर्वको रुपमा रहेको उनको भनाई थियो ।

प्राचिन मिथिलाको इतिहासलाई हेर्ने हो भने मिथिलाको भूमि शिक्षा तथा समानतामा अग्रसर थियो तर वर्तमान समयमा देखिएको असमानता तथा विकृतिहरु दुःखको विषय रहेको राष्ट्रपति भण्डारीले बताइन् । उनले यसलाई चिर्नका लागि प्रदेश दुईको सरकारले चलाएको बेटी पढाउ बेटी बचाउ अभियानलाई खुलेर प्रसंशा गरिन् । 

राष्ट्रपति भण्डारीले मिथिला सभ्यताको संरक्षण एवं सम्बद्र्धनका लागि सम्पूर्ण मिथिलावासीलाई आह्वान गरिन । 

कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले संघिय सरकारले जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता नदिएपनि प्रदेश सरकारले यसलाई प्रादेशिक पर्वको मान्यता दिई सकेको जानकारी दिए ।
  
यस अघि साढे ९ बजे जनकपुरधाम आइपुगेकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा विशेष पूजा अराधाना गरेकी थिइन् । उनीसंगै पूजामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ समेत सहभागी भएका थिए । राष्ट्रपति भण्डारी आजै राजधानी फर्केकी छन् ।

 

सबै तस्बिरहरू ः जयन्त ठाकुर/जनकपुरधाम

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साथी खोज्दै 'उल्लु' लाटोकोसेरो (फोटोफिचर)

  • ५ जेठ, २०७६

लाटोकोसेरो एक किसिमको चरो हो। यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ। लाटोकोसेरो दिनमा एकैठाउँमा बसिरहने र राती मात्र शिकारमा निस्कने भएकाले

बुद्ध जयन्तीमा बौद्धमा रंग र झण्डाको सजावट [फोटोफिचर]

  • ४ जेठ, २०७६

काठमाडौं । शनिबार अन्तर्राष्ट्रिय रुपमा बुद्ध जयन्ती मनाइरहँदा काठमाडौंको बौछ्द्ध स्तुपामा भक्तजनहरुले स्तुपाको रंगरोगन गरेका छन् । वौद्ध

पत्रकारहरू सडकमा उत्रिए

  • ३ जेठ, २०७६

काठमाडौं । मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न सरकारलाई चर्को दवाव दिँदै शुक्रबार काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ । नेपाल पत्रकार महासंघ,