• मंगलबार २-२०-२०७७/Tuesday 06-02-2020/ 06:52 am

जडान गरिएकै दिन खानेपानीको पाइप टुक्रा–टुक्रा पारेर काटियो

फाइल तस्बिर

बेत्रावती ।  नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पु¥याइएको छ । विदुर नपामार्फत विनियोजित रु एक लाख एक हजार लगानीमा सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप गए राति काटिएको हो ।

घट्टेखोला मुहान गरेर आमथाङको बाँझोगाउँस्थित बस्तीमा ल्याइएको खानेपानीको पाइप विभिन्न स्थानमा टुक्रा–टुक्रा बनाएर काटिएको वडाध्यक्ष दलबहादुर तामाङले जानकारी दिए । उनका अनुसार सोमबार दिनभर लगाएर गाडिएको पाइप गए राति २५ भन्दा बढी टुक्रा बनाएर क्षति पु¥याइएको छ । उक्त पाइपलाइनमा क्षति बनाउन सोही स्थानका असहमति राख्ने व्यक्तिको संलग्नता हुनसक्ने उनको अनुमान छ ।

खानेपानी योजनाका लागि घट्टेखोला मुहानबाट पानी ल्याउन सोही स्थानका अन्य बस्तीका बासिन्दाले असहमति जनाउँदै आएका थिए । विरोधका बीच योजना कार्यान्वयनमा ल्याएलगत्तै क्षति पु¥याइएकाले यसअघि उक्त योजनामा विवाद गर्ने स्थानीय व्यक्तिमाथि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजमात्रै १ सय १४ जनामा देखियो संक्रमण, संक्रमित संख्या ८८६ पुग्यो

  • १४ जेठ, २०७७

काठमाडौं । थप ११४ जनामा कोरोना संक्रमण देखिएको छ । एकैपटक यतिधेरै संख्यामा संक्रमण देखिएको नेपालमा यो पहिलोपटक हो ।  स्वास्थ्य तथा जनसंख्या

सुसाइड नोट लेखेर बालकले गरे आत्महत्या

  • १३ जेठ, २०७७

काठमाडौ‌ं ।  शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको

विधिपूर्वक मनाइदै वटसावित्री पर्व

  • ९ जेठ, २०७७

महोत्तरी ।  विवाहित हिन्दू मैथिल नारी आज बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन् । ज्येष्ठकृष्ण औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व