• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा प्रतिबन्ध लगाउने :  उपप्रधानमन्त्री यादव

काठमाडौं । सरकारले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । 

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहित औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिए । उनले चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने बताए । 

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री यादवले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ विना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने योजना अघि सारे ।

उपप्रधानमन्त्री यादवले सरकारले सिधैं कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि बताए । उनले सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महंगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैंले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी भईरहेको पनि बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर