• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 02:24 am

अमेरिकाको अलबामामा गर्भपतनमा पूर्ण रुपले प्रतिबन्ध

गर्भपतन गर्न सहयोग गर्ने चिकित्सकलाई आजीवन कैद

तस्बिर : वेभ

मियामी । अमेरिकाको अलबामा राज्यको सिनेटले मङ्गलबार गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको छ ।

सिनेटले पारित गरेको कानुनमा गर्भपतनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय हुनसक्ने छ ।

रिपब्लीकन पार्टीको बहुमत रहेको अलबामा राज्यको सिनेटले पारित गरेको नयाँ विधेयक प्रमाणिकरणका लागि गभर्नर के इभे समक्ष पुगेको छ । गभर्नरको हस्ताक्षरपछि उक्त विधेयकले कानुनको रुप लिनेछ । 

नयाँ विधेयकमा बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ रहेमा त्यसलाई गर्भपात गराउन पाउने छुट पनि दिइएको छैन । 

संयुक्तराज्य अमेरिकाकै सबैभन्दा ठूलो मानव अधिकारवादी संस्था एसीएलयूले उक्त कानुनको कार्यान्वयन रोक्नेगरी अदालतमा चुनौती दिने तयारी गरेको छ । विधेयकको पक्षमा रहेकाहरुले आफूहरु सर्वोच्च अदालतमा जाने धम्की दिएका छन् ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेपछि अमेरिकी सर्वोच्च अदालतमा अनुदार विचार राख्ने न्यायाधीशहरु नियुक्त गर्नुभएकाले पनि सर्वोच्च अदालतले पछिल्लो विधेयकलाई सदर गर्ने सम्भावना छ । 

सर्वोच्च अदालतको सन् १९७३ को एक आदेशका कारण अमेरिकामा गर्भपतन गर्ने कानुनी बाटो खुलेको थियो । तर बहुसंख्यक रिपब्लीकन पार्टीका सदस्यहरु सर्वोच्चको उक्त आदेश खारेज हुनुपर्ने माग गरिरहेका छन् । 

सिनेट डेमोक्र्याटिक पार्टीका नेता बब्बी सिङ्गलटनले अलबामा राज्यको सिनेटले विधेयक पारित गरेर अनुदारवादी चरित्र प्रस्तुत गरेको र यो राष्ट्रको लज्जा भएको प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुडान द्वन्द्व : झडपमा कम्तीमा ९ को मृत्यु

  • ६ जेठ, २०७६

जुबा । दक्षिणी सुडानको पूर्वी क्षेत्रमा भएको हिंसात्मक घटनामा परी कम्तीमा नौ जना मारिएका छन् ।  देशको बोमा भन्ने ठाउँमा भएको सो घटनामा परी घाइते

हाँस्यकलाकार जेलेन्स्कीले सम्हाले युक्रेनको बागडोर, गरे पृथकतावादीसँग संघर्ष विराम गर्ने बाचा 

  • ६ जेठ, २०७६

किभ । सानो पर्दामा राष्ट्रपतिको भूमिका निभाएका हाँस्यकलाकार भोलोडिमायर जेलेन्स्कीले सोमबार युक्रेनको बागडोर सम्हालेका छन् ।  राष्ट्रपति पदको

ताजकिस्तानको जेलमा भिडन्त, ३२ को मृत्यु

  • ६ जेठ, २०७६

डुशान्बे । ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ ।   जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४