• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 10:59 pm

अमरगढी नगरपालिकाका २६ बालबालिकामा कुपोषण

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाका २६ बालबालिकामा कुपोषण देखिएको  छ ।

नगरपालिको पछिल्लो तथ्याङ्कअनुसार पाँच वर्षमुनिका दुई हजार चार बालबालिकामध्ये २६ मा शीघ्र कुपोषण देखिएको छ । यस्तै २३५ बालबालिकामा भने मध्य शीघ्र कुपोषण देखिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लोकराज पनेरुले जानकारी दिए । 

सुत्केरीलाई घरमा पालेको गाईभैँसीको दूध दिँदा बच्चामा रोग लाग्ने तथा गाईभैंसीले पनि दूध दिन छाड्ने रूढीवादी परम्पराका कारण बालबालिकामा जन्मेदेखि नै कुपोषण हुने गरेको बताइएको छ । सुत्केरीले पोषणयुक्त खानेकुराअन्तर्गत दूध–दही नपाउने गरेका कारण बच्चामा कुपोषण देखिने गरेको उग्रतारा स्वास्थ्य चौकीका इञ्चार्ज अहेव केशवराज भट्टले बताए ।

सुत्केरीलाई पोषणयुक्त खानेकुराबाट वञ्चित गर्दा बालबालिकामा कुपोषण देखिने भएकाले सुत्केरी अवस्थामा झन् बढी पोषिलो खानेकुरा आवश्यक पर्ने अमरगढी स्वास्थ्य शाखाप्रमुख पनेरुले बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अस्पतालबाटै नवजात शिशु हराएपछि.....

  • २८ असार, २०७६

बेझाड । लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ । तानसेन नगरपालिका–९ बस्ने २२

सिङ्गो बस्तीमा झाडापखालाको प्रकोप

  • २८ असार, २०७६

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित अर्चलेको सिङ्गो बस्तीमा झाडापखालाको प्रकोप फैलिएको छ । साविक सिद्देश्वर गाविसको

शिक्षा आयोगको उपाध्यक्ष नियुक्त प्रक्रिया तत्काल रोक्न डा. केसीको माग

  • २६ असार, २०७६

काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।  चिकित्सा