• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

मन्त्री पुन बेल्जियममा, विदेशमा सिकेको सीप नेपालमा लगाउन आग्रह

बेल्जियम। नेकपाका स्थायी समिति सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुन बेल्जियम पुगेका छन् । विश्व ऊर्जा सम्मेलनमा सहभागि हुन जर्मन गएका मन्त्री पुन पार्टी कार्यक्रममा सहभागि हुन छिमेकी देश बेल्जियम पुगेका उनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।

मन्त्री पुनलाई बेज्लियममा नेकपाका नेता कार्यकर्ता तथा बेल्जियमका लागि नेपाली राजदुत लोकबहादर थापाले स्वागत गरेका थिए । बेल्जियममा भएका कार्यक्रममा बोल्दै मन्त्री पुनले युरोपमा रहेका नेपालीहरुलाई विदेशमा सिकेको उन्नत सीप नेपालमा लगाउने आग्रह गरे ।

विश्व मगर समाजले गरेकाे कार्यक्रममा बाेल्दै मन्त्री पुनले नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएर देश विकासमा अघि बढिरहेकोले यस अभियानमा युरोपमा रहेका नेपालीहरुलाई पनि सहभागि हुन आग्रह गरे ।

देश निरंकुश व्यवस्थाबाट लोकतान्त्रिक, समावेशी तथा समुन्नत व्यवस्थामा प्रवेश गरेको उल्लेख गर्दै मन्त्री पुनले सरकारको अघिल्लो वर्ष नयाँ व्यवस्थामा प्रवेश गर्दा आवश्यक पर्ने कानूनी लगायतका आधार तयार पार्न खर्च भएको र अब सोही आधारमा टेकेर देशले समृद्धि हाँसिल गर्ने दावी गरे । कार्यक्रममा मन्त्रीपुनसँगै पूर्व सभामुख ओनसरी घर्ती लगायत नेपाली मण्डलको सहभागिता छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर