• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेपाली सञ्चारकर्मी अनिता अमेरिकामा फेरी अवार्डेड

अमेरिका ।  नेपाली संचारकर्मी अनिता सिलवाल सन् २०१९ को प्रतिष्ठित ‘सि नोज ह्वेयर सी इज गोइङ्ग’ पुरस्कारबाट पुरस्कृत भएकी छन् । अमेरिकाको फ्लोरिडा स्टेटको ‘गल्र्स इन्क लेकल्याण्ड र बार्टो’ द्धारा आयोजित कार्यक्रममा ९ जना महिलाहरु अन्तिम मनोनयनमा परि छनोट भएका थिए ।

कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा माथिल्लो तहसम्म पुग्न सफल व्यक्तित्व, व्यक्तिगत, शैक्षिक र व्यवसायिक रुपमा सफल महिलाहरु र महिलाको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याई आफ्नो विधामा उत्कृष्ट हुनेहरुलाई यो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा अनिताको सफलताको यात्रा सुनेर धेरैका आखाँ रसाएका थिए ।

नेपालमा बालकलाकार देखि सञ्चारकर्मी रही अमेरिकामा पनि सोही क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको हो । अनिताले हालै नयाँ खोज तथा प्रविधि (इनोभेसन र टेक्नोलोजि)मा स्नातकोत्तर पुरा गरेकी छिन् । अनिता संसारको बालिकाहरुका लागी एक प्रेरणा भएको आयोजकले बताएका छन् ।

पुरस्कार (अवार्ड)ले आफूलाई थप हौसला र उर्जा प्राप्त भएको अनिता बताउँछिन् । कार्यक्रममा अन्तिममा पुगेका ९ जना मध्ये तीन विजेतालाई निर्णायक हरुले छानेका थिए । विजेताहरुलाई प्रमाणपत्र सहित हस्त निर्मित क्रिस्टल बोल प्रदान गरिएको थियो । ‘नेपालबाट आएर यहाँका उत्कृष्ट महिलाहरुसँग मनोनयन मा पर्नु नै मेरो लागि सम्मान थियो । विजेताको पुरस्कार पाउँदा म सबै प्रति कृतज्ञ छु र नेपाल र नेपालीलाई चिनाउन पाएकोमा धेरै गर्व गरेकी छु,’ अनिताले भनिन् ।

उनले नेपाल र अमेरिकाका मात्र नभई विश्वका बालिकाहरुका लागी शैक्षिक र संचार क्षेत्रबाट योगदान पुर्याईरहने प्रतिबद्धता व्यक्त गरिन् । अनिता वेलकम वुमन हुड नामक संस्थाकी संस्थापक हुन् । संस्थाले नेपाल, अमेरिका, र केन्यामा काम गरिरहेको छ ।

होमटाउन सिरोज नामक कार्यक्रम प्रस्तोता र निर्माता रहेकी सिलवालले हालैमात्र प्रसिद्ध मूर्तिकार फोरेरेष्ट माएरस्सँग कार्यक्रम गरेकी थिइन् । माएरस्को प्रसिद्ध कलालाई अन्तरिक्ष यान अपोलोबाट चन्द्रमामा लगिएको थियो । सिलवाल हाल फ्लोरिडाको सिटी अफ विन्टर हेभेनकी वरिष्ठ शहर योजनाकारका रुपमा समेत कार्यरत छिन् ।

सिलवाललाइ यसअघि उत्कृष्ट टेलिभिजन उद्घोषिका २०१८ ले सम्मानित गरिएको छ । उनलाई अमेरिकाको नर्थक्यारोलाइना राज्यको सार्लोटमा आयोजित ग्लोबल नेपाली फिल्म, संगीत, सञ्चार तथा सामाजिक अवार्ड कार्यक्रममा सम्मानित गरिएको हो । 

सिलवाललाई अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले कदरपत्र र अवार्ड प्रदान गरेका थिए । उनलाई अमेरिकामा रहेर विभिन्न कार्यक्रम सञ्चालनका साथै महिला सशक्तिकरणका विषयमा सञ्चालित ‘होमटाउन सिरोज’का लागि पुरस्कार प्रदान गरिएको हो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर