कान्सको रेड कार्पेटमा ड्रेसका कारण बेहोस भइन् नायिका (फोटोसहित)

काठमाडौं । फ्रान्समा कान्स फिल्म फेस्टिबल २०१९ चलिरहेको छ । जसमा विश्वभरका चर्चित कलाकारहरुको सहभागिता रहेको छ । प्रत्येक कलाकारहरुले आफुले लगाएका ड्रेसकोकारण चर्चामा आइरहेका छन् ।

यहि क्रममा अमेरिकी नायिका एले फानिङ माथि प्राय सबैको ध्यान केन्द्रित भएको छ । किनकि कान्सको रेड कार्पेटमा उनी बेहोस भएकी छिन् ।

होस् खुलेपछि उनले आफुले लगाएको ड्रेसका कारण बेहोस भएको बताएकी छिन् । आफुले निकै कसिलो लुगा लगाएका कारण बेहोस भएको बताएकी हुन् । एले कोपार्ड ट्रफी डिनर पार्टीमा पुगेकी उनी बेहोस भइन् र तत्कालै ठिक भइन् ।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा फोटो सेयर गर्दै लेखेकी छिन् ‘आज राती म आफ्नो १९५० को प्रादा प्रोम ड्रेसका कारण बेहोस भएँ । तर अहिले सबै ठिक भइसकेको छ ।’उनले ह्यासट्याग गर्दै उक्त पहिरन निकै कसिलो भएको बताएकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर